विदुर नगरपालिकामा तोडफोड

विदुर नगरपालिकामा तोडफोड

नुवाकोट : नुवाकोटको विदुर नगरपालिका कार्यालयमा बिहीबार तोडफोड भएको छ। तोडफोडहुँदा लाखौंको क्षति पुगेको छ भने दर्जनौं घाइते भएका छन्।

नेपाली कांग्रेस नुवाकोटले गरेको प्रदर्शनमा सदरमुकाम विदुरमा रहेको नगरपालिका कार्यालय परिसरभित्र आक्रमणहुँदा कार्यालय भवनका साथै सवारी साधनमा क्षति पुगेको हो। सोक्रममा नेपाल प्रहरी र नगर प्रहरीसहित दर्जनौं घाइते भएका छन्। 

चालु आर्थिक वर्षदेखि विदुर नगरपालिकाले एकीकृत सम्पत्ति करको रकम वृद्धि गरेको भन्दै कर फिर्ताको माग गर्दै कांग्रेसका भातृसंगठनका कार्यकर्ताले कार्यालयभित्र प्रवेश गरी तोडफोड र आक्रमण गरेका हुन्।

नगरपालिकाले नगरको सम्पत्तिमाथि आक्रमण गरी क्षति गर्नेलाई कारबाहीका लागि प्रहरी प्रशासनसमक्ष माग गरेको छ। प्रहरीसँगको धरपकडमा कांग्रेसका सातजना कार्यकर्ता घाइते भएको नुवाकोट कांग्रेसले जनाएको छ।

नगरपालिकाका दुई ट्रिपर, उपमेयर गीता दाहाल अर्याल चढ्ने स्कोर्पियो गाडी, कार्यालयको सभाकक्षको झ्याल, भवनको शिशाहरु तोडफोड भएको मेयर सञ्जु पण्डितले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.