विशाल अन्तिम चारमा

विशाल अन्तिम चारमा

काठमाडौं : कामना सेवाका विशाल खड्का अन्नपूर्ण पोस्ट् इन्टरनेसनल कर्पाेरेट ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत पुरुष एक्जुकेटिभ एकल स्पर्धाको सेमिफाइनलमा प्रवेश गरेका छन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बिहीबार भएको क्वार्टरफाइनल चरणको खेलमा कुमारी बैंकका विक्रम निरौलामाथि २१-१३, २१-१२ अंकको जित हात पार्दै विशाल अन्तिम चारमा पुगेका हुन्।

विशालसँगै राइजिङ सनका विश्वास नेपाल, जेष्ट ब्याडमिन्टनका सुनिल जोशी र स्लिक किचेनका गणेश रायमाझी पनि आआफ्ना प्रतिद्वन्द्वीलाई पाखा लगाउँदै प्रतियोगिताको अन्तिम चारमा पुगेका छन्। क्वार्टरफाइनल खेलमा विश्वासले आरएस कन्सट्रक्सनका रजिन खड्कामाथि २१-१८, १६-२१, २१-१४ अंकको प्रतिस्पर्धात्मक जित हासिल गरे।

यसैगरी सुनिलले इसा एन्ड इसिकाका अभिशेक गुरुङलाई २१-८, २१-११ अंकले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाए। गणेशले भने क्वार्टरफाइनल खेलमा नेपाल एसबीआई बैंकका नवराज जोशीलाई २१-१२, १२-२१, २१-१२ अंकले पराजित गरे। एक्जुकेटिभ एकल स्पर्धाको सेमिफाइनल खेल शुक्रबार खेलाइने छ।

यसैगरी प्रदेश नम्बर ४ का विशाल बस्नेत र कामना सेवाका विशाल खड्काको जोडी एक्जुकेटिभ डबल्स स्पर्धाको सेमिफाइनलमा प्रवेश गरेको छ। बिहीबार भएको क्वार्टरफाइनल खेलमा विशालद्वयको जोडीले हिमालका सुरज तन्डुकार र विजेन्द्रलाल श्रेष्ठको जोडीलाई २१-१८, २१-१२ को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।

जेष्टका सुनिल जोशी र ओडीसीका रमन बानियाँको जोडी, आशिर्वादका राम राई र विमल श्रेष्ठको जोडी तथा इसा एन्ड इसिकाका आकाश छन्त्याल र अभिषेक गुरुङको जोडी पनि प्रतियोगिताको अन्तिम चारमा पुगेका छन्। सुनिल र रमनको जोडीले राइजिङ सनका विश्वास नेपाल र पंकज ज्ञवालीको जोडीलाई २१-१३, १८-२१, २१-१६ अंकले पराजित गरे।

राम र विमलको जोडी भने क्वार्टरफाइनल खेलमा केपीएसका रामकुमार बानियाँ र सुजन थापाको जोडीलाई २१-१७, २१-१९ अंकले हराउँदै उपाधि जित्ने अभियानमा थप एक खुड्किलो माथि उक्लिएका हुन्। आकाश र अभिषेकको जोडीले आरएस कन्सट्रक्सनका रजिन खड्का र विवेक जिसीको जोडीलाई २१-१०, १२-२१, २१-१४ अंकले पाखा लगाए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.