दिपेश र विजितको जोडी विजयी

दिपेश र विजितको जोडी विजयी

काठमाडौं : विपक्षी खेलाडी उपस्थित नभएपछि विभागीय टोली एपीएफ क्लबका दिपेश धामी र विजित थापामगरको जोडी अन्नपूर्ण पोस्ट् इन्टरनेसनल कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताको पुरुष डबल्सतर्फ सजिलै सेमिफाइनलमा प्रवेश गरेको छ। दिपेश र विजितको जोडीसँग प्रतिस्पर्धा गर्ने प्रदेश नम्बर ४ का विशाल खड्का र भुगोल गुरुङको जोडी क्वार्टरफाइनल खेल्न कोर्टमा उपस्थित भएनन्।

भारतका जुम्ल्याहा दाजुभाइ रञ्जन र अञ्जन बुरागोहइको जोडी, बाँकेका रियाज अन्सारी र इरफान अन्सारीको जोडी तथा प्रदेश नम्बर ४ का विशाल बस्नेत र विधान अधिकारीको जोडी पनि प्रतियोगिताको अन्तिम चारमा पुगेका छन्। भारतका जुम्ल्याहा दाजुभाइको जोडीले बंगलादेशका मोहमद सलमान खान र प्रबोल हुसेन तालुकदारको जोडीलाई २१-१४, २१-११ अंकले हरायो। रियाज र इरफानको जोडीले स्लिकका गणेश रायमाझी र विश्वास नेपालको जोडीलाई २१-२३, २१-१७, २१-१८ ले पाखा लगायो। विशाल र विधानको जोडीले त्रिभुवन आर्मी क्लबका सुरोज महर्जन र राम राईको जोडीलाई २१-८, २१-१५ को सोझो सेटमा पराजित ग¥यो।

यसैगरी मिक्स डबल्सतर्फ शीर्ष वरीयतामा रहेका खेलाडीको जोडी सफल देखिए। एपीएफ क्लबका दिपेश धामी र पूजा        श्रेष्ठको जोडी, त्रिभुवन आर्मी क्लबका अमिता गिरी र सुरज महर्जनको जोडी, त्रिभुवन आर्मी क्लबकै नङ्सल तामाङ र प्रफुल महर्जनको जोडी तथा एमआईबीसीका सीता राई र नीरविक्रम देवकोटाको जोडी सेमिफाइनलमा पुगेका छन्।

दिपेश र पूजाको जोडीले आर्मी क्लबकै अनु राई र रुकेश महर्जनको जोडीलाई २१-१७, २१-१५ तथा अमिता र सुरजको जोडीले नेपाल पुलिस क्लबका सुनयना मुखिया र बिष्णु कटवालको जोडीलाई १८-२१, २१-१३, २१-१५ अंकले पराजित गरे। नङ्सल र प्रफुलको जोडीले कामना सेवाका यामकुमारी गुरुङ र विशाल खड्काको जोडीलाई २१-१६, २१-९ तथा सीता र नीरविक्रमको जोडीले एपीएफ क्लबका शोभा गौचन र विजित थापामगरको जोडीलाई २२-२०, १४-२१, २१-१७ ले पराजित गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.