ट्विटर : नांगो फोटो प्रदर्शन गर्ने ठाउँ

ट्विटर : नांगो फोटो प्रदर्शन गर्ने ठाउँ

टेलर लोरेन्ज, द एट्लान्टिक

मार्टिन बेल्चरले सन् २०१२ देखि सामाजिक सञ्जाल, ट्विटरको प्रयोग गर्न थाले। ट्विटरमा उनी विशेष गरी नांगो फोटो पोस्ट गर्छन्, त्यो पनि आफ्नै। झन्डै तीन हजार ‘फलोअर’ले ५० वर्षीया बेल्चरका फोटोहरू रिट्विट, फेभरेट, सेयर गरेका छन्। यो क्रम दिनप्रतिदिन बढिरहेको छ।बेच्लर ‘पोर्नस्टार’ होइनन्, न्युडिस्ट हुन्।

सामाजिक सञ्जालका केही साइटहरूले न्युड फोटो अपडेट गर्न प्रतिबन्ध लगायो। ‘न्युडिस्ट’हरूले हाल्न खोजेको आफ्नो नांगो फोटो फेसबुकमा पोस्ट भएन। महिलाहरूले ‘निप्पल’ र यौनांगको फोटो हाल्दा इन्स्टाग्रामले कारबाही गर्‍यो। अर्कोतिर, टम्बलरले ‘एनएसएफडब्ल्यू’ सामग्रीलाई स्वीकृति त दियो तर न्युडिस्टहरूले यो साइटलाई रुचाएनन्।

न्युडिस्टहरूले ट्विटरमै सहज महसुस गरे। विशेषगरी दुई कारणले ट्विटरलाई धेरै मान्छेले रुचाएका हुन्। पहिलो, यहाँ मन लागेजति आफ्नो कुरा राख्न पाइन्छ। दोस्रो, वास्तविक परिचय नखुलाई प्रयोग गर्न पाइन्छ। ‘ट्विटर नै न्युडिस्टहरूको प्रमुख समुदाय हो’, बेच्लरले भनेका छन्, ‘धेरै न्युडिस्टले ट्विटरलाई प्राथमिक सञ्जालका रूपमा प्रयोग गर्छन्। किनकि यहाँ हामी आफ्नो नांगो फोटो राख्न स्वतन्त्र छौं। आफ्ना न्युडिस्ट साथीहरूसँग गफ गर्न सक्छौं, भेटघाटको समय र स्थान तोक्न सक्छौं।’ ट्विटरमा यस्ता न्युडिस्टहरू हजारौंको संख्यामा रहेको बेच्लर अनुमान लगाउँछन्। ‘न्युडिस्ट क्लब, रिसोर्ट तथा विभिन्न समूहले ट्विटरमा प्रतिनिधित्व गरेका छन्’, ४० वर्षीया न्युडिस्ट माथ्यु म्याकडेरमोटले भने। ‘ट्विटरमा आउनुभन्दा पहिले न्युडिस्टहरूको फोरम थियो, वेबसाइट थियो। ती अहिले पनि सञ्चालित छन्। तर, यहाँ अहिले गलत मान्छेहरूको प्रवेश छ।’

ट्विटरको नियमअनुसार नांगो फोटोलाई हिडरका रूपमा प्रयोग गर्न पाइँदैन। तर, फोटो तथा भिडियो सेयर गर्न छुट छ। जुनसुकै तरिकाबाट पनि तपाईंले यौनांगहरूको फोटो सेयर गर्न पाउनुहुन्छ। न्युडिस्टहरूले यसबाट फाइदा लिए। उनीहरूले आफ्ना नांगा तस्बिरहरू हालिरहे।

न्युडिस्टहरूले ट्विटरमै सहज महसुस गरे। विशेष गरी दुई कारणले ट्विटरलाई धेरै मान्छेले रुचाएका हुन्। पहिलो, यहाँ मन लागेजति आफ्नो कुरा राख्न पाइन्छ। दोस्रो, वास्तविक परिचय नखुलाई प्रयोग गर्न पाइन्छ।

न्युडिस्टहरूमध्ये धेरैले वास्तविक नाममा ट्विटर चलाउँछन् भने केहीले ‘फेक’ नाम राखेर प्रयोग गर्ने गरेको बेल्चर बताउँछन्। ‘नांगो हुनु ऐतिहासिक रूपमै लाजको विषय हो’, बेल्चर भन्छन्, ‘धेरै मानिस आफू न्युडिस्ट हो भनेर कसैलाई पनि भन्दैनन् किनकि उनीहरू डराउँछन्। त्यसैले फेक नामबाट ट्विटर चलाउनेहरू पनि छन्।’

विभिन्न अनलाइनहरू आफूहरूको विरुद्धमा लागेको देखेर बेल्चर र उनका साथीहरू दु:खी छन्। ‘न्युडिजम’ र ‘नेचरिजम’ दुवै प्रकृतिसँग नजिक हुन्छन्। प्रकृतिलाई नै आमा मानेको र उनलाई सम्मान गरेको हो, हामीले। शरीरलाई सकारात्मक रूपमा हेर्नुका साथै यसलाई प्रकृतिको उपहार मानेका छौं’, ३५ वर्षीया न्युडिस्ट जोनाथन मिकले भने, ‘नेचरिस्ट र न्युडिस्टहरूले नांगो हुनुलाई यौनसँग मात्र जोड्दैनन्।’

ट्विटरको न्युडिस्ट सञ्जालमा उनीहरू आफैंले निगरानी पनि गर्छन्। कसैले यौन अंगहरूलाई नजिकैबाट खिचेर अपडेट गर्छ भने न्युडिस्टहरूले तिनीहरूलाई वास्ता गर्दैनन्। ट्विटरमा पूर्ण रूपमा न्युडिस्ट हुन आफूलाई वर्र्षौं लागेको बताउँछिन्, ३७ वर्षीया म्याट क्राफोर्ड। सन् २००९ मा ट्विटरमा जोडिएर नांगो फोटो अपडेट गर्न थालेका थिए, उनले। उनलाई सञ्जालका मानिसहरूले प्रतिक्रिया नै दिँदैन थिए। ‘केही वर्ष अघिदेखि मैले अलि खुला भएर फोटोहरू हाल्न थालेको छु’, उनले भने।

सामाजिक सञ्जालमा विशेषगरी महिला न्युडिस्टहरूलाई नकारात्मक रूपमा हेरिन्छ, उनीहरूलाई दुव्र्यवहार गरिन्छ। ‘मेरो न्युडिस्ट एकाउन्ट छ। नयाँ फलोवरहरूलाई म हरेक समय पछ्याउँछु। उनीहरूका बारेमा बुझ्छु। पोर्नाेग्राफीलाई रुचाउनेहरू छन् भने उनीहरूलाई ब्लक गरिदिन्छु’, रोमानियाकी महिला न्युडिस्ट सोफिया रोलस्टाडले केही समय ट्विट गरेकी थिइन्।

ट्विटरले बेलाबेलामा आफ्ना नियमहरू परिवर्तन गरिरहन्छ। यसले न्युडिस्टहरूलाई झस्काउँछ।

५० वर्षीया फ्लोरिडियन न्युडिस्ट छद्म नाम ‘लेगलाइजनेकेड’बाट आफूलाई प्रस्तुत गर्छन्। ट्विटरले नांगो फोटो राख्न प्रतिबन्ध लगायो भने आफूहरूलाई एकदमै गाह्रो हुने बताउँछन् उनी। अरू कुनै पनि सामाजिक सञ्जालले नांगो फोटो हाल्ने सुविधा नदिएकाले आफूहरूसँग विकल्प नरहेको गुनासो पोख्छन् उनी। ‘मैले सुनिरहेको छु, मान्छेहरूले पोस्ट गरेको सामान्य सामग्री पनि फेसबुकले सेन्सर गरेको छ’, उनले थपे, ‘सामाजिक सञ्जालहरूले यौनकेन्द्रित नहुने न्युड सामग्रीहरू पोस्ट गर्ने सुविधाचाहिँ दिनुपर्छ।’

‘कुन सामग्री यौनजन्य छन् र कुन छैनन् भनेर छुट्याउनुपर्छ’, म्याकडरमोटले भने, ‘यौनजन्य सामग्रीलाई बन्देज गरियो वा हटाइयो भने हामीलाई टाउको दु:खाइ हुँदैन। तर, मुख्य ‘प्लेटफर्महरू’बाट सबै प्रकारका न्युडिटीलाई ब्लक गरिँदैछ।’

अन्तिम समयसम्म पनि प्लेटफर्मको प्रयोग गरिरहने न्युडिस्टहरूको योजना छ। केही न्युडिस्टले आफ्ना बारेमा सचेतना जगाउन ‘ह्यासट्याग’ प्रयोग गरेर अभियान नै चलाएका छन्। अरू सामान्य मान्छेजस्तै आफूहरूले पनि सामाजिक सञ्जाल प्रयोग गर्न पाउनुपर्ने बताउँछन् उनीहरू। ‘अरूलाई देखाउन नांगो भएको हैन हामी’, क्रफोर्ड भन्छन्, ‘हामी आफ्नो नांगो शरीरलाई सहज रूपमा लिन्छौं। मान्छेहरू कपडा लगाएर काम गर्छन्, हामी कपडा नलगाई काम गर्छौं। यो विशुद्ध प्राकृतिक कुरा हो।’                     


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.