डेराले लेख्ने विषय दियो

डेराले लेख्ने विषय दियो

मेरो बाल्यकाल, किशोरावस्था र युुवावस्थाका धेरै समय वीरगन्जमै बित्यो । काठमाडौंमा स्थायी रूपमा बस्न थालेको भने २०२० सालपछि मात्रै हो । यहाँ पढ्न भनी आइयो । जागिर खान थालेपछि यतै बसियो । काठमाडौंमा दाइ धच गोतामे बस्नुुहुुन्थ्यो, म उहाँसँगै बस्न थालेँ ।

दाइको डेरा न्युुरोड नजिकै दुुगम्बलमा पथ्र्यो । सरासर आएर त्यहीँ बसियो । मलाई त्यो बेलामा समस्या भएन । किनकि म त नयाँ डेरामा आएको होइन, दाइकहाँ आएको थिएँ । दाइसँग बस्दा मलाई खाना पकाउने चिन्ता कहिल्यै भएन । त्यो डेरा जीवन भए पनि सजिलै थियो, गाह्रो भए दाइलाई भयो होला । उहाँ जहाँ जहाँ सर्नुुभयो, म पनि उतै उतै सर्दै गएँ । यही क्रममा बागबजार, डिल्लीबजार हुुँदै धेरै ठाउँमा सरियो ।

डेरा जीवनमा राम्रो र नराम्रो क्षण दुुवै भोगियो । धेरै वर्ष धेरै ठाउँमा डेरा सरियो । सर्नुुपर्ने परिस्थिति आए । छोराछोरी साना भएकाले तिनलाई लिएर डेरा सर्दा गाह्रो हुुन्थ्यो । तर, एउटा सजिलो के थियो भने मेरा सरसामान कमै हुुन्थे । त्यति बेला संघर्षकै जीवन भएकाले सामान त्यति जोडिएन । कुुनै डेरामा भान्छामा मेरो कोठा हुुन्थ्यो ।

विवाहपछि दाइको कोठा छाडेर म पहिलोपटक डेरा सरेको ठाउँ धोबीधारा हो । जम्मै डेराको प्रायः उस्तै समस्या हुुन्थे । एउटा त मानिसले नवीनता खोज्छ र एउटै खालको दिनचर्याबाट वाक्क भएर फेर्न चाहन्छ । उनीहरूदेखि हामी दिक्क हुुन्छौं, हामीदेखि उनीहरू । कहिले पानी बढी खर्च गर्यैा भन्ने गुुनासो आउला, कहिले हल्ला भो भनेर त, कहिले लुुगा धेरै धोयौ भन्ने सुुनिएला ।

सिमेन्ट नभएर लिउन लगाएको ठाउँमा लुुगा सुुकाउँदा सेप लाग्यो भन्ने कचकच पनि कतै सुुनिन्थ्यो । केहीले भाडा समयमा तिरेनौ भनेर भन्थे । त्यसैले डेरा बारम्बार सर्नुुपर्ने अवस्था आइरहन्थ्यो ।

डेरा जीवनले दुुुुःख दियो कि सुुुुख, त्यो आफ्नै ठाउँमा छ । तर, यसले मेरो लेखनका लागि एउटा विषय दियो, म यसैमा सन्तुुष्ट छुु ।

यति हुुँदाहुुँदै पनि मानिस भरसक नयाँ ठाउँमा नजाऊँ भन्छ । पुुरानै डेरा सुुरक्षित लाग्छ । तर, परिस्थिति बिग्रँदै जान्छ । समस्या उत्पन्न हुुँदै जान्छ, घरवाला र डेरावालाबीच पनि । मैले पनि २०२० सालदेखि २०५७ सम्म करिब १० ठाउँमा भन्दा बढी डेरा सर्नुुपर्याे।

एउटा डेरा यस्तो थियो कि त्यसको तल्लो तलामा मासुु पसल थियो । त्यहाँ एकदम झगडा हुुन्थ्यो, रक्सी खाएर हल्ला गर्ने धेरै हुुन्थे । तर, ती सबैको एउटा फाइदा पनि भयो । मैले तिनै अनुुभवलाई समेटेर लेख्न पाएँ । त्यो दुुःखका क्षणले दिएका पीडाभन्दा लेखनबाट पाएको सन्तुुष्टिले बढी खुुसी दियो मलाई ।

मेरो अलि भाग्ने प्रवृत्ति थियो । तर, मेरा साथीहरू यति सहयोगी थिए कि डेरा सार्ने बेलामा जम्मै उनीहरूले नै सारिदिन्थे । म त पुुरानो डेराबाट कलेज गएर सीधै नयाँ डेरामा फर्कन्थे । सामान धेरै हुुन्थेन । मैले जहाँ जहाँ डेरा सारे पनि किताबको एउटा भारीचाहिँ जहिले पनि हुुुुन्थ्यो, बरु यसको सट्टा एउटा सामान छुुुुटे पनि छुुुुटोस् ।

डेरा सर्नलाई गाडी पाइन्नथ्यो । जस्तै जे भए पनि डेरा सर्दा खर्च त हुुन्थ्यो नै । त्यो खर्च साथीहरूले जोगाइदिएका थिए ।पुुरानो ठाउँमा वरिपरिका मानिससँग चिनजान भइसकेको हुुन्छ, पसलमा उधारो चल्न थालिसकेको हुुन्छ । यो हाम्रो लागि ठूलो सहुुलियत हुुन्थ्यो । त्यसैले भरसक यो ठाउँ छाडेर जान नपरे हुुन्थ्यो भन्ने लाग्थ्यो ।

म एकताका प्याफलमा बस्थेँ । मेरो एक विद्यार्थीले आफ्नो माइतीमा मलाई डेरा मिलाइदिएकी थिइन् । भाडा नदिए पनि हुुन्छ भनेका थिए । तर, मैले मानिनँ । जति दिए पनि मान्ने भएकाले मलाई सस्तो प¥यो । त्यहाँ पानी धेरै नचला भन्ने कहिल्यै सुुनिएन । एकदम सजिलैसँग बसियो । त्यहाँका घरबेटीलाई अहिले पनि म समय समयमा भेट्न जाने गरेको छुु ।

विवाहपछि बसेको धोबीधाराको पहिलो घर छाडेर हामी गायक कल्याण रिमालजीको घरमा पुुग्यौं । त्यहाँ पनि एकदमै राम्रोसँग बसियो । त्यहाँ म एउटा फ्याल्ट नै लिएर बसेको थिएँ । मलाई पनि संगीतमा रुचि रहेकाले उहाँका गीत म सुुन्थेँ । यी दुुवै ठाउँमा म बिना शान्तका साथ बसेँ । त्यहाँ बसुुन्जेल बडो सद्भावपूर्वक बसियो । सर्दा पनि अन्य कारणले नै सरियो ।

जीवनमा सुुख पनि आउँछ, दुुःख पनि आउँछ । दुुःखलाई लेखनमा रुपान्तरण गर्दा रमाइलो लाग्छ । डेरा जीवनलाई पनि लेख्न पाउँदा रमाइलो लाग्छ । आफैंले पनि भोगेको र अरूको पनि देखिएका हुुनाले यो मेरो सिर्जनामा झल्कन्छन् । डेरा जीवनले मलाई दुुःख दियो, सुुख दियो भन्नुुभन्दा नि मेरो लेखनका लागि यसले एउटा विषय दियो ।

त्यो बेलाका धेरै लेखक र साहित्यकारहरू डेरैमा बस्थे । मेरो भेट कतिपय लेखकसँग डेरैमा बस्दा भएको थियो । पारिजात स्वयं पुुतलीसडकमा डेरामा बस्नुुहुुन्थ्यो, उहाँसँग बहिनी सुुकन्या वाइबा पनि हुुनुुहुुन्थ्यो । पारिजात नाम चलेकी लेखिका भएकाले उहाँलाई भेट्दा एउटा फ्यानको रूपमा भेटियो । त्यहाँ गएर डेराको दुुःख सुुनाउनुुको कुुनै अर्थ थिएन । पछि विस्तारै अन्य भेटमा पनि साहित्यका कुुरा बढी हुुन्थे ।

अन्य समकालीन साथीहरूसँग भने डेरा जीवनका दुुःखकष्टको कुुरा हुुन्थ्यो । किनकि म मात्रै नभई अरू साथी पनि डेरैमा बस्थे र बेलाबेलामा सरिरहन्थे । त्यसैले आफूले पनि दुुुुःख सुुुुनाइन्थ्यो र अरूले पनि सुुुुनाउँथे ।

मलाई कुुनै दिन घर बनाउन सक्छुु भन्ने लागेको थिएन । जीवन यसरी नै बित्छ जस्तो लाग्थ्यो । म विद्यावारिधि गर्न भारतको पुुना गएपछि त्यहाँ क्वाटरमा बसेँ । त्यहाँ बस्दा रमाइलो लाग्यो । एकदम ठूलो क्वाटर । त्यसैले आनन्दसँग परिवारसहित बसियो । यसरी बस्न पाए त यस्तो रमाइलो हुुने रहेछ भन्ने लाग्यो । पढेर फर्केपछि यहाँ आएर त्रिचन्द्र कलेजमा जागिरे भएँ ।

त्यति बेला त्रिचन्द्रमा लोकसेवा आयोगले नै भर्ना गथ्र्यो । शिक्षण पेसामै रमाइलो लाग्ने भएकाले मलाई त्रिवि सेवामा जाने मौका थियो । त्यसपछि मैले सरकारी जागिर छाडेर त्रिवि सेवामा जान चाहेँ ।

त्यति बेला सेवा छाडेर जाँदा पाइने सुुुुविधाका सबै पैसा र आफूसँग भएका गरगहना बेचेर जोडजाम गरेको पैसाले चाबहिल मैजुुुुबहालमा घर किनियो । मलाई त्यो घरको सम्झना अहिले पनि बेस्सरी आइरहन्छ । त्यहाँको वातावरण बेग्लै थियो ।

नजिकै गोविन्द वर्तमानको घर थियो । वरपर शार्दुुुुल भट्टराई, देविका तिमिल्सिना थिए । रमेश विकल हरेक शनिबार आइरहनुुुुहुुुुन्थ्यो । त्यसैले पनि चाबहिलमा २० वर्ष बस्दा निकै रमाइलो लाग्यो । २०३६ सालमा किनेको त्यो घर बेचेपछि २०५७ मा अहिले बस्दै आएको चुुनदेवीको घर किनेँ ।

‘आफ्नो घरमा आएपछि स्वतन्त्र भएँ । नाच्न सक्छुुुु, हाँस्न सक्छुुुु’, मेरा दाइका साथीहरूले यसै भनेको सुुुुन्थेँ । आफ्नो घरमा सरेपछि मलाई पनि तिनै कुुरा याद आएको थियो ।

आफ्नो घरमा केही बिग्रिए मैले बिगारेँ भन्ने हुुुुन्थ्यो, सप्रिए राम्रो भयो भन्ने लाग्थ्यो । त्यसैले जस्तो खुुुुसीको भाव अरूमा आउँछ, मलाई पनि त्यत्तिकै खुुुुसी लागेको थियो । साढे पाँच आनामा बनेको उक्त घर पहिले एक तला मात्रै थियो । मैले पछि अर्को तला थपेँ ।

चलचित्र ‘वासुुुुदेव’ लेखेको पैसा र मदन पुुुुरस्कार पाएको पैसा मिसाएर तला थपेको हुुुुँ । आफ्नो घर मैले पनि बेलाबेलामा भाडामा दिएँ । घरबेटीहरू पनि त्यति खराब होइन रहेछन् भन्ने मैले त्यति बेला महसुुस गरेँ ।

कतिपयले त धारा खुुुुलै छाडेर हिँडिदिने गर्थे । त्यसपछि छानेर सानो र राम्रो परिवार राखियो । उनीहरू आफैं घर बनाएपछि मात्रै सरेका छन्, हाम्रो कारणले सरेनन् । म आफैं डेरामा बसेका हुुुुनाले, डेरावाललाई केले चित्त दुुुुख्छ भन्नेमा सधैं सचेत रहेँ ।

परिवार बढ्दै गएकाले कोठाहरू पनि पुुुुगेनन् । यो बेचेर अर्को किन्न पाए अलि फाइदा हुुुुन्थ्यो कि भन्ने लाग्यो । अनि यताको घर खोजियो । म आफू अल्छी छुुुु, यहाँको पनि कतिपय कुुुुरा चित्त बुुुुझ्दैन, तर पनि यहीँ आइयो । यहाँ मेरा साहित्यकार मित्रहरू धानको बाला झुुुुलेको हेर्न आउँथे ।

अहिलेको घर नौ आनामा बनेको घर हो । यहाँ पनि पानीको समस्या छ, पाइप त हालेँ तर पानी आउँदैन । डर त मलाई मेलम्ची पनि नआइदेला कि भन्ने लागेको छ । के गर्नुु, जहाँ गए पनि समस्याले त छाड्दैन रहेछ । तर, यी जम्मै समस्या भए पनि लेखनचाहिँ छुुुुटेको छैन । अहिलेसम्म मेरो जीवनको सबैभन्दा ठूलो सन्तुुष्टिको विषय पनि यही लेखन हो ।
(लेखक गौतमले रामकला खड्कासँग गरेको कुुराकानीमा आधारित)
 
 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.