एमआईटी जिएसएलका विद्यार्थी स्टार्टअप आइडिएसन र एपमा

एमआईटी जिएसएलका विद्यार्थी स्टार्टअप आइडिएसन र एपमा

काठमाडौं : अमेरिकी विश्वविद्यालय म्यासाच्युसेट इन्स्टिच्युट अफ टेक्नोलाजी (एमआईटी) ले सञ्चालन गरिरहेको एमआईटी ग्लोबल स्टार्टअप ल्याब्स् (जिएसएल) मा सहभागी ३५ विद्यार्थीले स्वास्थ्य, शिक्षा, पर्यटन, यातायात व्यवस्थापन र युटिलिटिज लगायतका क्षेत्रलाई सम्बोधन गर्ने गरी विभिन्न विशिष्ट स्टार्टअप आइडियामा काम गरिरहेका छन्।

 
इनोभेटिभ बुटक्यापको अवधारणा अन्र्तगत सञ्चालित कार्यक्रममा विद्यार्थीले स्टार्टअप सृजना गर्दा ख्याल राख्नुपर्ने विभिन्न चरणका बारेमा ज्ञान हासिल गरिरहेका हुन् । उद्यमी बन्नका लागि के आवश्यक पर्छ र कसरी आफ्नो नवीन सोचलाई व्यावसायिक अवधारणामा रुपान्तरण गर्नेदेखि त्यसलाई परिस्कृत गर्दै प्रविधिमा आधारित स्टार्टअप सञ्चालन गर्नेसम्मको कौशल पनि विकास गरिरहेका छन् ।
 
काठमाडौं विश्वविद्यालयका एक सय ५० विद्यार्थी तथा आल्मुनाई मध्येबाट छानिएका ३५ विद्यार्थीले एमआईटी जिएसएल कार्यक्रमको सुरुआतमा सञ्चालित एक हप्ते आवासीय बुट क्याम्पपश्चात् आफ्नो व्यवसायको अवधारणा र प्रोटोटाइप निर्माणमा काम गर्दै  बजार परीक्षण गर्ने कौशल विकासमा जुटेका हुन् ।

हाल उनीहरू प्राथमिक बजार अनुसन्धान गर्दै प्रोटोटाइप आइडियालाई प्रयोगकर्तामाझ लगेर तिनको परीक्षणमा छन् । विभिन्न स्टार्टअपका संस्थापक तथा इन्जिनियरिङ क्षेत्रका नेतृत्वकर्ता प्रशिक्षण दिइरहेका छन् ।
 
काठमाडौं विश्वविद्यालय र एनसेलको सहकार्यमा एमआईटीले काठमाडौंमा सञ्चालन गरिरहेको कार्यक्रममा सहभागी ३५ विद्यार्थी नौ समूहमा छन् । एमआईटीका प्रशिक्षकहरुको प्रत्यक्ष सहजीकरणमा प्रत्येक समूहले आ–आफ्नो स्टार्टअप आइडियामा काम गरिरहेका छन् ।
 
प्रविधि र उद्यमशीलता सम्बन्धी बहुविषयक पाठ्यक्रम र सधैं आफ्नो सपनामा प्रतिवद्ध रहीे ‘काम गर्दै सिक्ने’ एमआइटीको शैली नेपालमा भित्र्याउने लक्ष्यका साथ एमआईटीका चार प्रशिक्षक सिसम भण्डारी, हेमनारायण दास चौधरी, सुरेश राजन र ज्याकी सुले प्रशिक्षणमा छन् ।  

विद्यार्थीलाई उनीहरुको स्टार्टअप आइडिया विकासमा सहयोग गर्न, उपयोगी डिजिटल डेमो बनाउन, प्रविधिमा आधारित व्यवसायका सम्भावना देखाउन र एक उद्यमी बन्नु भनेको के हो भन्नेजस्ता कुरा सिकाउन प्रशिक्षण केन्द्रीत छ । 

पाठ्यक्रममा वेब डिभलपमेन्ट, युजर ईन्टरफेस डिजाइन, मार्केट रिसर्च, टिम डेभलपमेन्ट, बिजनेश मोडल एक्जिक्युसन, पब्लिक स्पिकिङ र आइडिया पिचिङ लगायतका विषयहरू समावेश गरिएका छन् ।

‘आफ्नो प्राविधिक सीप निखारेर सम्भावित ग्राहकमाझ पुगी अनुसन्धान गर्दै र हामीले सुल्झाउन खोजेको समस्याका लागि सबैभन्दा राम्रो समाधान पत्ता लगाई स्टार्टअप आइडियामा काम गरिरहेका छौं’, ट्राफिक व्यवस्थापनसँग सम्बन्धित डिजिटल उद्यमको आइडियामा काम गरिरहेको विद्यार्थी समूहका सदस्य सन्तोष थापा मगरले भने ।

विद्यार्थीले आफ्नो व्यवसायको प्रोटोटाइप विकास गरी यस कार्यक्रमको अन्तिम दिन साउन १७ गते अर्थात् डेमो डेका दिन निर्णायक मण्डलसमक्ष प्रस्तुत गर्नेछन् । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.