एउटै लेखकका सात कृति विमोचित

एउटै लेखकका सात कृति विमोचित

काठमाडौं : एकैपटक एकजना लेखकले कति कृति प्रकाशन र विमोचन गर्न सक्ला ? एक, दुई, चार, सबैले गर्ने अनुमानभन्दा फरक हरि खनालले एकैपटक शुक्रबार सात कृतिको विमोचन गराएका छन्। 

भुँडीपुराण प्रकाशन, जनमत प्रकाशन र सांस्कृतिक संस्थानको संयुक्त आयोजनामा राजधानीमा भएको हरि खनाल र मोहन दुवालका कृति सार्वजनिकीकरण समारोहमा दुई लेखकका एकैपटक नौ कृति विमोचन गरिएको हो। 

शिक्षा विभागमा कार्यरत साहित्यकार हरि खनालका परावर्तन नामक लघुकथा, स्याल र लोटा, गीत गाउने सन्दुक र काफल पाक्यो शीर्षकका बालकथा, शैरन्दी शीर्षकमा नाटक, धार्मिक कृति पौराणिक अमर प्रेम विमोचन गरिएका हुन्।

यसैगरी, साहित्यकार एवं जनमत मासिक पत्रिकाका प्रकाशक तथा सम्पादक मोहन दुवालका ‘जनमतको यो यात्रा (खण्ड–२)’ र ‘जनमतको सडकमा घामसँग (खण्ड–३)’ विमोचन गरिएका हुन्। 

कृतिहरूको साहित्यकार एवं पूर्वमन्त्री दीनानाथ शर्मा, साहित्यकारहरू प्रा डा सुषमा आचार्य, नगेन्द्रराज शर्मा, रोचक घिमिरे, प्रा डा रामचन्द्र लम्साल, श्रीओम श्रेष्ठ ‘रोदन’, प्रमोद प्रधान, बुलु मुकारुङ, डा रामप्रसाद ज्ञवाली र भुँडीपुराण प्रकाशनका प्रबन्धक केशव पराजुलीले संयुक्त रूपमा विमोचन गरेका थिए। 

दुवालका दुई कृतिमा शर्मा र घिमिरेले बोलेका थिए भने खनालका सात कृतिमा विषयगत रूपमा रोदन, प्रधान, मुकारुङ र लम्सालले समीक्षा गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.