दिपेश थप दुई स्पर्धाको फाइनलमा

दिपेश थप दुई स्पर्धाको फाइनलमा

काठमाडौं : विभागीय टोली एपीएफका दिपेश धामी अन्नपूर्ण पोस्ट् अन्तर्राष्ट्रिय कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत युगलतर्फ थप दुई स्पर्धाको पनि फाइनलमा पुगेका छन् । उनी आफ्ना जोडीसँग मिलेर पुरुष युगल र मिक्स युगलतर्फको फाइनलमा पुगेका हुन् । यी दुवै स्पर्धाको उपाधिका लागि उनी शनिबार नै मैदानमा उत्रँदै छन् । दिपेशले पुरुष युगलतर्फ आफ्नो जोडी विजित थापामगरसँग मिलेर फाइनल यात्रा तय गरेका हुन् ।

 दिपेश र विजितको जोडीले शुक्रबार भएको सेमिफाइनल खेलमा प्रदेश ४ का विशाल बस्नेत र विधान अधिकारीको जोडीलाई २१-१३, २४-२२ को सेटमा पराजित गर्‍यो । दिपेश र विजितको जोडीले उपाधिका लागि शनिबार भारतका जुम्ल्याहा दाजुभाइ रञ्जन र अञ्जन बुरागोहईसँग प्रतिस्पर्धा गर्नेछ ।

बुरागोहई दाजुभाइको जोडी शुक्रबार नै भएको अर्को सेमिफाइनल खेलमा बाँकेका रियाज अन्सारी र इरफान अन्सारीको जोडीलाई पराजित गर्दै प्रतियोगिताको अन्तिम दुईमा पुगेका हुन् । बुरागोहई दाजुभाइ जोडीले रियाज र इरफानको जोडीलाई २१-९, २१-१७ को सेटमा पराजित गरे ।

दिपेशले प्रतियोगिताअन्तर्गत मिक्स युगलमा भने पूर्व शीर्ष वरीयताकी पूजा श्रेष्ठसँग मिलेर फाइनल यात्रा तय गरेका हुन् । दिपेश र पूजाको जोडीले त्रिभुवन आर्मी क्लबका अमिता गिरी र सुरोज महर्जनको जोडीलाई २१-१६, २१-१६ को सहज सेटमा पराजित गर्दै फाइनल यात्रा तय गरेका हुन् ।

दिपेश र पूजाको जोडीले उपाधिका लागि शनिबार त्रिभुवन आर्मी क्लबका नङ्सल तामाङ र प्रफुल महर्जनको जोडीसँग प्रतिस्पर्धा गर्नेछन् । नङ्सल र प्रफुलको जोडीले भोजपुरकी सीता राई र एमआईबीएलका नीरविक्रम देवकोटाको जोडीलाई २१-१२, २१-१६ ले पराजित गर्दै फाइनल यात्रा तय गरे।

महिलातर्फ शीर्ष वरीयताकी खेलाडी नङ्सललाई जारी प्रतियोगितामा उपाधि जित्ने यो अन्तिम अवसर हो । नङ्सल महिला एकलतर्फ भने आफ्नै क्लबकी रसिला महर्जनसँग पराजित भएकी छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.