चट्याङ लागेर दोलखामा एक महिलाको मृत्यु
दोलखा : दक्षिणी दोलखाको मेलुङ गाउँपालिका–४, भेड्पुमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।
शुक्रवार राति करिब ८ बजे गोठ नजिक रहेको विजुलीको पोलमा चट्याङ पर्दा गोठमा रहेकी करिब ६५ वर्षीया काली तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चरिकोटका प्रमुख प्रहरी नायब उपरीक्षक वासुदेव पाठकले जानकारी दिए ।
घर नजिकैको गोठमा भएको बेला चट्याङ पर्दा तामाङको गोठको ढोकामै मृत्यु भएको प्रहरीले जनाएको छ । गोठमा रहेका अन्य चौपाया भने सकुशल रहेको प्रहरीले जनाएको छ ।