कुलमान घिसिङ भन्छन्, क्यान्सर र लोडसेडिङको व्यवस्थापन उस्तैउस्तै

कुलमान घिसिङ भन्छन्, क्यान्सर र लोडसेडिङको व्यवस्थापन उस्तैउस्तै

भक्तपुर : नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले क्यान्सर व्यवस्थापन र लोडसेडिङको व्यवस्थापन उस्ताउस्तै तर कठिन भएको बताएका छन्। दुइटै ‘क्राइसिस’ भएकोले योजनावद्ध व्यवस्थापन गरेरमात्रै यसबाट पार पाउने उनको भनाइ थियो।

भक्तपुर क्यान्सर अस्पतालमा गठन भएको क्यान्सर सर्भाइभर क्लवको शनिबार भएको दोस्रो कार्यक्रममा प्रवन्ध निर्देशक घिसिङले भने, ‘क्यान्सरलाई जित्न उच्च मनोबल हुनुपर्छ। घरपरिवारले उपचारको राम्रो व्यवस्थापन गर्नुपर्छ। त्यस्तै लोडसेडिङ अन्त्य गर्न कम व्यवस्थापन गर्नुपरेन। सबै कुरा व्यवस्थापनको विषय हो।’

क्यान्सर रोगी भएको घरपरिवारले के कस्तो व्यवस्थापन गर्नुपर्छ भन्नेबारे आफू पनि भुक्तभोगी भएको बताउँदै उनी थप्छन्, ‘मैले पनि क्यान्सरलाई धेरै नजिकबाट हेरेको छु। क्यान्सर नभोग्नेलाई भन्न धेरै सजिलो छ तर भोग्नेलाई मात्रै थाहा हुन्छ क्यान्सर व्यवस्थापन गर्न कति गार्‍हो छ ?’

केही क्षण भावुक बनेका उनले आमाको क्यान्सर उपचारमा बिताएको दुई वर्षले क्यान्सर व्यवस्थापन लोडसेडिङको व्यवस्थापनभन्दा कम नभएको सुनाए।

तीन वर्षअघि क्यान्सरकै कारण आफूले आमा गुमाएको स्मरण गर्दै उनले लोडसेडिङले स्वास्थ्य क्षेत्रमा समेत नराम्ररी प्रभावित पारेका त्यसबेला आफूले प्रत्यक्ष भोगेको स्मरण गरे।

‘आमाको उपचार चल्दै गर्दा अक्सिजन दिइरहनुपथ्र्यो’, उनले थपे, ‘तर बीचैमा बिजुली जाँदा धेरै समस्या भएको थियो। अक्सिजन दिइरहेका, आईसीयूमा आफ्ना बिरामीलाई उपचार गराइरहेका धेरैले फोन गर्नुहुन्थ्यो।’ उनले मनलाई सदैव उज्यालो पार्न सकिए क्यान्सरलाई जित्नसक्ने पनि बताए।

उनका भिनाजूलाई पनि पेटको क्यान्सर भएको प्रवन्ध निर्देशक घिसिङले सुनाए। आठ वर्षअघि उपचार गरेका उनलाई चिकित्सकले पाँच वर्ष बढी नबाँच्ने भनेको स्मरण गर्दै उनले भने, ‘तर अहिले आठ वर्ष बितिसक्यो। भिनाजु स्वस्थ हुनुहुन्छ। उहाँ म अर्को दस वर्ष बाँच्छु क्यान्सरलाई नै खाइदिन्छु भन्नुहुन्छ। त्यसैले आत्मबल बलियो भयो र मनलाई सदैव उज्यालो बनाउन सकियो भने क्यान्सरलाई व्यवस्थापन गर्न सकिने रहेछ।’

‘नेपालमा लोडसेडिङबारे भ्रम छ’
प्रवन्ध निर्देशक घिसिङले नेपालमा लोडसेडिङबारे भ्रम रहेको बताए। उनका अनुसार प्राविधिक कारण विद्युत अवरुद्ध हुँदा पनि लोडसेडिङ भयो भन्ने गरिन्छ।

‘हामीकहाँ प्राविधिक कारणले विद्युत अवरुद्ध भई बत्ती गयो भने लोडसेडिङ भयो भनिन्छ’, उनले स्पष्ट पारे, ‘मागअनुसार विद्युत नपुगेर दिँदै आएको विद्युतको समय कटौटी गर्नु लोडसेडिङ हो। तर नेपालमा लोडसेडिङको समस्या छैन। अब के कसरी विद्युत बढी खपत गराउने भन्ने समस्या छ।’
कार्यक्रममा भक्तपुर क्यान्सर अस्पतालका मेडिकल निर्देशक प्रो.डा. ऋषिकेशनारायण श्रेष्ठले क्यान्सर उपचार गर्न र उपचार पछि हुने समस्याबारे सामूहिक रुपमा समाधानतर्फ जाने उद्देश्यले क्लव गठन गरिएको जानकारी दिए।

क्लवले क्यान्र्सर सर्भाइभरहरुलाई लक्षित गरी मासिक रुपमा विभिन्न कार्यक्रम गर्ने उनको भनाइ थियो। शनिबार क्यान्सर सर्भाइभरहरुको लागि नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक घिसिङको उत्प्रेरक मन्तव्यसँगै सांस्कृतिक तथा खेलकुदको व्यवस्था गरिएको थियो।

अस्पताल व्यवस्थापन समितिका सदस्य एवं नेपाल अर्बुदरोग निवारण संस्थाका महासचिव विमलकुमार होडाले क्यान्सर उपचार महंगो भएकाले सकेसम्म निःशुल्क गर्न सरकारसमक्ष पैरवी गर्दै आएको जानकारी दिए।
उनले क्यान्सर लागेपछि बिरामीसँगै सिंगो घरपरिवारले पनि पीडा भोग्नुपर्ने भएकाले त्यो पीडा कम गर्न क्लवले सहयोग पुग्ने विश्वास व्यक्त गरे। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.