३६ लाख घुससहित इन्जिनियर पक्राउ
बुटवल : भवन तथा शहरी विकास कार्यालय रुपन्देहीका प्रमुख इन्जिनियर सुरेश ठाकुर ३६ लाख रुपैयाँ घुससहित पक्राउ पररेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयलले ठाकुरलाई पक्राउ गरेको अख्तियारका शाखा अधिकृत सुरेश भुसालले जानकारी दिए।
आयोगको टोलीले ठाकुरलाई भैरहवाबाट पक्राउ गरेको हो। ठाकुरसहित उनकी श्रमीतलाई समेत नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ। ठाकुर घुस वापतको रकम लिएर घर जाँदै गर्दा अख्तियारको फन्दामा परेका हुन्।