प्रेम प्रकाश मल्ल ‘मधुकर’ पुरस्कार गिरीलाई

प्रेम प्रकाश मल्ल ‘मधुकर’ पुरस्कार गिरीलाई

 नेपालगन्ज :भेरी साहित्य समाजले यस वर्षको प्रेमप्रकाश मल्ल ‘मधुकर’ पुरस्कार नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्राध्यापक डा‍. जिवेन्द्रदेव गिरीलाई प्रदान गरेको छ । 

स्व.मधुकरको ८३औं जन्मजयन्तीको अवसरमा शनिबार नेपालगन्जमा आयोजित कार्यक्रममा समाजका अध्यक्ष हरि तिमिल्सिनाले गिरीलाई पुरस्कार प्रदान गरेका हुन् । ‘मधुकर’ ‘पोखरा त साँच्चिकै नै पोखरा नै रैछ..’ लगायत राष्ट्रिय भावनाले ओतप्रोत दर्जनौ मौलिक तथा लोकप्रिय गीतका सर्जक, गायक तथा संगीतकार हुन् ।

उनका ८ वटा कृति नै प्रकाशित भएका छन् । ‘मधुकर’को स्मृतिमा २०७२ सालमा स्थापना गरिएको यो पुरस्कार २०७३ सालमा डा. गोपालप्रसाद अधिकारी तथा पूर्णलाल चुकेलाई संयुक्त रुपमा र २०७४ सालमा उर्दु साहित्यकार अब्दुल लतिफ सौकलाई प्रदान गरिएको थियो ।

पुरस्कारको राशी २५ हजार एक सय एघार रुपैयाँ रहेको छ । कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनद रेग्मी, साहित्यकार खगेन्द्र गिरी ‘कोपिला’, डा.गोपालप्रसाद अधिकारी र पूर्णलाल चुकेले प्रेम प्रकाश मल्ल ‘मधुकर’ को व्यक्तित्वको बारेमा चर्चा गरेका थिए ।

नवोदित गायक प्रभात सुवेदीले मधुकरका वनकी म चरी कल्ला सुन्ला कठ्ठै वरी मेरो वनको विलौना लगायतका दुई वटा गीत गाएका थिए । सोही अवसरमा आयोजित बहुभाषिक कवि गोष्ठीमा अब्दुल लतिफ सौक, सचिदानन्द चोबे, ऋचा लुइँटेल, ईश्वरी रिजाल, श्रीष भण्डारी, अन्सर नेपाली, प्रल्हाद सुवेदी, कोपिला अधिकारी लगायतका दुई दर्जन साहित्यकारले साहित्यिक रचना वाचन गरेका थिए । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.