दुुई करोड खाताको चार खर्ब निक्षेप सुुरक्षण
काठमाडाै : एक वर्षमा ४० लाख खातामा रहेको ४८ अर्ब रुपैयाँ निक्षेप सुरक्षा भएको छ। यससँगै निक्षेप सुरक्षा गर्ने खाताको संख्या एक करोड ९३ लाख ६९ हजार एक सय एक पुुगेको छ।
निक्षेप तथा कर्जा सुुरक्षण कोषले गत असार मसान्तसम्म चार खर्ब ३० अर्ब ७३ करोड निक्षेपको सुुरक्षण गरेको हो। अघिल्लो वर्षको असार मसान्तसम्म एक करोड ५३ लाख २१ हजार पाँच सय ४४ निक्षेपकर्ताको तीन खर्ब ८१ अर्ब ८९ करोड रुपैयाँ निक्षेप सुुरक्षण भएको थियो।
कोषले गत आवसम्म सवा चार खर्बभन्दा बढी रकम सुुरक्षण गराएर ८१ करोड २८ लाख रुपैयाँ शुुल्क स्वरुप प्राप्त गरेको कोषका प्रमुुख कार्यकारी अधिकृत विष्णुुबाबुु मिश्रले जानकारी दिए। ‘अघिल्लो आवको तुुलनामा गएको आवमा निक्षेप खाता र रकम दुुवै बढेको छ’, उनले भने, ‘समीक्षा अवधिमा २६ प्रतिशतले खाताको निक्षेप र १३ प्रतिशतले निक्षेप रकम बढेको हो।’ एक वर्षको अवधिमा ४० लाख ४७ हजार बचत, चल्ती कल, मुुद्दती खाताको निक्षेप सुुरक्षण भएको छ भने ४८ अर्ब ८४ करोडले निक्षेप रकम पनि बढेको छ।
बढी निक्षेप सुुरक्षण गर्नेमा वाणिज्य बैंकका खाता परेका छन्। कुुल निक्षेप सुुरक्षणमा ८२ प्रतिशतभन्दा वाणिज्य बैंकको हिस्सा छ। करिब साढे १५ प्रतिशत विकास बैंक, सवा दुुई प्रतिशत वित्त कम्पनी र शून्य दशमलव २३ प्रतिशत लघुु वित्त कम्पनीको हिस्सा हरेको कोषले जनाएको छ।
वाणिज्यको बैंकले गएको आवमा ८३ प्रतिशत अर्थात् तीन खर्ब ५८ करोड रहेको ३८ करोड रुपैयाँ सुुरक्षण गराएका छन्। यस्तै विकास बैंकले ६३ अर्ब २१ करोड, वित्त कम्पनीले आठ अर्ब ३३ करोड र अघुुवित्त विकास बैंकले ८० करोड निक्षेपको सुुरक्षण गराएको प्रमुुख कार्यकारी अधिकृत मि श्रले बताए।
आम ग्राहकले बैंक तथा वित्तीय संस्थाको खातामा जम्मा गरेको रकम कोषमा सुुरक्षण गराएपछि निक्षेपकर्ताले बचत गरेको वित्तीय संस्था डुुबेमा प्रतिव्यक्ति प्रतिबैंक दुुई लाख रुपैयाँका दरले निक्षेप फिर्ता पाउने व्यवस्था राष्ट्र बैंकले गरेको थियो। चालुु आवदेखि भने प्रत्येक व्यक्तिको निक्षेप खातामा रहेको प्रतिबैंक खातामा रहेको रकमको सुुरक्षण सीमा बढाएर तीन लाख पुु¥याएको छ। अब यस वर्षदेखि एकटा बैंकमा रहेको खाताबाट तीन लाख रकम सुुरक्षण हुुनेछ।
बढी निक्षेप सुुरक्षण गर्नेमा वाणिज्य बैंकका खाता परेका छन्। कुुल निक्षेप सुुरक्षणमा ८२ प्रतिशतभन्दा वाणिज्य बैंकको हिस्सा छ।
निक्षेपकर्ताको निक्षेप सुुरक्षण गर्ने अनिवार्य व्यवस्था लागू गरिएकाले निक्षेप प्रत्येक वर्ष निक्षेप सुुरक्षण बढ्दै गएको प्रमुुख कार्यकारी अधिकृत मि श्रले बताए। कुुनै पनि निक्षेपकर्ताले एउटै बैंक तथा वित्तीय संस्थामा एकभन्दा बढी निक्षेप खाता सञ्चालन गरेमा वा कुुनै संयुुक्त निक्षेप खाताको हिस्सा भएमा वा तेस्रो पक्ष लाभकारी निक्षेप खाता भएका सबै खातालाई समावेश गरी एकै खाता सरह मान्यता दिइनेछ। एउटा बैंकबाट एउटा प्राकृतिक व्यक्तिको बढीमा तीन लाखसम्ममात्र निक्षेप सुुरक्षण हुुनेछ।
सरकारले यस आवदेखि सर्वसाधारणको बैंक तथा वित्तीय संस्थामा रहेको पुुँजी एउटै बैंकमा नराखी ‘क’ वर्गका वाणिज्य बैंकदेखि ‘घ’ वर्गका लघुुवित्त बैंकसम्म बचत गर्दा प्रतिबैंक प्रतिखाता तीन लाखका दरले क्षतिपूर्ति तिर्ने व्यवस्था मिलाएको हो। चालु आवको पुुस मसान्तसम्म ८९ वटा बैंक तथा वित्तीय संस्थाले निक्षेपकर्ताको निक्षेप सुुरक्षण गराएका छन्। गएको वर्षको यसै अवधिमा यस्तो निक्षेप सुुरक्षण गराउने बैंक तथा वित्तीय संस्थाको संख्या एक सय १५ थियो। बैंक तथा वित्तीय संस्था मर्जरका कारण पछिल्लो समय निक्षेप सुुरक्षण गराउनेको संख्या घट्दै गएको हो।