प्राचीन सहर समेटेर सांस्कृतिक संरक्षित केन्द्र घोषणा गर्न माग

प्राचीन सहर समेटेर सांस्कृतिक संरक्षित केन्द्र घोषणा गर्न माग

भक्तपुर : काठमाडौं उपत्यकाका पाँचवटा ऐतिहासिक एवं पुरातात्विक महत्वका नगरपालिकाहरुले यहाँका प्राचीन सहरहरु समेटेर सांस्कृतिक संरक्षित केन्द्र घोषणा गर्न माग गरेका छन्।

भक्तपुर नगरपालिकामा आइतबार भएको काठमाडौं र ललितपुर महानगरपालिका तथा भक्तपुर, मध्यपुर थिमी र कीर्तिपुर नगरपालिकाका प्रमुखहरुको संयुक्त बैठकले उक्त माग गरेको हो।

बैठकले काठमाडौं उपत्यकाका प्राचीन सहरहरुलाई समेटेर सांस्कृतिक संरक्षित केन्द्र घोषणा गराउन सबै नगरहरुले आआफ्नो क्षेत्रबाट समेत पहल गर्ने निर्णय भएको भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए।

उनका अनुसार बैठकले काठमाडौं उपत्यकाका ऐतिहासिक नगरपालिकाहरुबीच अन्तरनगर सांस्कृतिक आदानप्रदानमा जोड दिनेसमेत निर्णय गरेको छ।

काठमाडौं उपत्यकामा रहेका पुरातात्विक, ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको संरचनाहरु जनसहभागिता जुटाई पुनर्निर्माण गर्न पाँच नपाका प्रमुखहरु सहमत भएका छन्।

२०७२ सालको भूकम्पमा भत्किएका काठमाडौं उपत्यका सम्पदाहरु निजी ठेकेदारहरुमार्पmत पुनर्निर्माण हुँदै आएका छन्। निजी ठेकेदार कम्पनीले उक्त सम्पदाको ऐतिहासिक एवं पुरातात्विक महत्व नबुझी आधुनिक निर्माण सामग्री प्रयोग गरे पुनर्निर्माण गरिँदा सबैतिर विरोध भइरहेको छ।

यसले गर्दा ऐतिहासिक एवं पुरातात्विक महत्वका सम्पदाहरुको पुनर्निर्माणमा जनसहभागिता गराउनुपर्नेमा सबै नपाका प्रमुखहरु एकमत भएको भक्तपुर नपाका प्रमुख प्रजापति बताउँछन्।

‘बैठकले उपत्यकामा रहेका ऐतिहासिक एवं पुरातात्विक सम्पदाहरु प्राप्त ऐतिहासिक प्रमाणहरुको आधारमा अध्ययन अनुसन्धान गर्दै परम्परागत मौलिक शैलीमा नै पुनर्निर्माण गर्नेमा जोड दिएको छ’, उनले भने।

बैठकमा भक्तपुर नपाका प्रमुख प्रजापतिसँगै काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य, ललितपुरका चिरीबाबु महर्जन, मध्यपुर थिमीका मदनसुन्दर श्रेष्ठ र कीर्तिपुर नपाका रमेश महर्जनको उपस्थिति थियो।

बैठकअघि भक्तपुर नपाका प्रमुख प्रजापतिले अन्य नगर प्रमुखहरुलाई भक्तपुर दरबार क्षेत्रमा स्वागत गरेका थिए। उक्त अवसरमा भक्तपुर नपाले भूकम्पपछि जनसहभागितामा पुनर्निर्माण सम्पन्न गरेको तथा गरिरहेका सम्पदाहरुको अध्ययन अवलोकनसमेत गराइएको थियो।

त्यस्तै भक्तपुर नपाद्वारा सञ्चालित ख्वप कलेजहरु र जनस्वास्थ्य केन्द्रको समेत अध्ययन अवलोकन गराइएको थियो।

भक्तपुर दरबार क्षेत्रमा जनसहभागितामा पुनर्निर्माण भइरहेको सम्पदाबारे जानकारी दिँदै भक्तपुर नपाका प्रमुख सुनिल प्रजापति। तस्बिरः अन्नपूर्ण
  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.