स्मार्ट सिटीबारे छलफल गर्दै सकियो केसिसी प्रदर्शनी
काठमाडौँः कान्तिपुर सिटी कलेज (केसीसी) स्थित सफ्टवेयर अनुसन्धान र विकास केन्द्र (सीएसडीआर) को आयोजनामा केसिसी एक्जिबिसन २०१८ आइतवार सकिएको छ। ‘नवीनता, एकीकृतता र दीगोपन’ मूलनारा रहेको उक्त प्रदर्शनीमा “दीगो विकासका लागि स्मार्ट सिटी” शीर्षकको एक छलफल गरिएको थियो ।
प्रदर्शनीमा ईको–स्मार्ट सिटीको नमूना, अटोमेटिक स्मार्ट ट्राफिक लाइटलगायत सूचनाप्रविधि, इलेक्ट्रोनिक्स र सिभिल इन्जिनियरिङ्गका ४५ वटा नवीन प्रदर्शनी राखिएका थिए । हिजोबाट सुरु प्रदर्शनीको उद्घाटन पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. घनश्यामलाल दासले गरेका थिए ।
केसिसी प्रदर्शनीमा विभिन्न कलेज तथा स्कुलका विद्यार्थीहरू, प्राचार्यहरू, शिक्षक र प्रतिनिधिका साथै औद्योगिक क्षेत्र, सरकारी निकाय, संघसंस्था, विज्ञ तथा अन्य दर्शकहरूको समेत उपस्थिति थियो ।