नेपालले एमसीसीलार्इ ९ विकेटले हरायो
काठमाडौं : नेपालले आइतबार मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)माथि ९ विकेटको जित दर्ता गरेको छ। त्रिकोणात्मक सिरिज अन्तर्गत आइतबार भएको खेल वर्षाका कारण ६ ओभरमा झारिएको थियो।
टस हारेर पहिला ब्याटिङ गरेको एमसीसीले ६ ओभरमा चार विकेटको क्षतिमा ४० रन बनाएको थियो। ४१ रनको चुनौती पछ्याउने क्रममा नेपालले १ विकेटको क्षतिमा ४.४ ओभरमा ४१ रन बनाएको हो।
नेपालका लागि सुुवास खकुरेलले नट आउट १६ रन बनाए भने ज्ञानेन्द्र मल्ल नट आउट १२ रनमा रहे। ९ रनमा आउट भएका नेपालका ओपनर अनिल साहले ९ बलको सामना गर्दै दुई चौका प्रहार गरेका थिए।