ट्याक्टर दुर्घटनामा एकको मृत्यु, दुई घाइते
विराटनगर : मोरङको मिक्लाजुङ गाउँपालिका- १ स्थित भित्री सडकखण्डमा आइतबार साँझ ट्याक्टर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा परेर दुईजना घाइते भएका छन्। मे १ त ५४९९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा मिक्लाजुङ- ८ का १८ वर्षीय सुजक श्रेष्ठको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ।
दुर्घटनामा इलामको चुलाचुली गाउँपालिका- ६ का ५० वर्षीय महेश राई र ४० वर्षीय काजीमान राई घाइते भएका छन्। घाइतेमध्ये महेशको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक शिवकुमार पोखरेलका अनुसार ट्याक्टर सडकबाट ४० फिट तल खसेको थियो।चालक इलाम चुलाचुली ६ का ३० वर्षीय किसान राई फरार रहेका कारण खोजी भइरहको प्रहरीले जनाएको छ।