गदाललाई अन्तर्राष्ट्रिय पुरस्कार
काठमाडौं : भारतको नयाँदिल्लीस्थित नेपाली संस्कृति परिषद् अन्तर्राष्ट्रिय समितिद्वारा गीतकार एवं साहित्यकार ज्ञानेन्द्र गदाललाई अन्तर्राष्ट्रिय भानु नेपाली भाषा साहित्य सम्बर्धन पुरस्कार प्रदान गरिएको छ ।
आदिकवि भानुभक्त आचार्यको २०५औं जन्मजयन्तीका अवसरमा आयोजित ‘भानु सम्मान पुरस्कार समारोह’ कार्यक्रममा विभिन्न क्षेत्रबाट समाज र मानव समुदायको हितमा अन्तर्राष्ट्रिय स्तरमा सेवा पु¥याएवापत पाँचजनालाई सम्मानित गरिएको हो ।
मानव कल्याणका लागि योगदान गरेवापत उत्तराखण्ड भारतका पर्यटन क्याविनेट मन्त्री सतपालजी महाराज, धर्म संस्कृतिको माध्यमबाट समाजलाई सही दिशा दिएवापत महाराजश्री रोहितराज गुरुङ, चलचित्रको माध्यमबाट नेपाली समाजलाई जागरुक एवं उन्नत बनाउन योगदान गरेवापत नेपाली चलचित्र निर्मात्री रज्जु प्रधान र सांस्कृतिक आदानप्रदानका हिसाबले नेपाल भारत सम्बन्धलाई बलियो पार्न विशेष योगदान गरेबापत आर.एस.एस.(राष्ट्रिय स्वयंसेवक संघ) का केन्द्रीय समिति सदस्य एवं नेपाली संस्कृति परिषद् अन्तर्राष्ट्रियका संरक्षक इन्द्रेस कुमारलाई पुरस्कृत गरिएको हो ।