नेमारको स्पष्टिकरण: विश्वकपमा पीडाले मैदानमा ढलेँ, अभिनय गरेको होइन

नेमारको स्पष्टिकरण: विश्वकपमा पीडाले मैदानमा ढलेँ, अभिनय गरेको होइन

रियो दि जेनेरियो (ब्राजिल) : ब्राजिलका प्रसिद्ध फुटबल खेलाडी नेमार दा सिल्भा सान्तोस जुनियरले विश्वकपमा आफूमाथि लागेको ‘कृतिम अभिनय’बारेको आलोचना आफ्नो बाल्यकालदेखिको गुण भएको बताएका छन् । 

ब्राजिलियन फुटबलका टोली प्रमुख स्ट्राइकर नेमारले रसियामा सम्पन्न भएको खेलमा ‘अस्वभाविक अभिनय’ गरेको भनी विश्वभर भएको आलोचनाबारे मुख खोल्दै उनले यस्तो भनेका हुन् । 

'मेरो खुट्टाका नलीमा जुत्ताको चोट लाग्दा, मेरुदण्डमा ठक्कर लाग्दा, खुट्टामा विपक्षी साथीहरूको पैतालाले कुल्चिँदा म जमिनमा ढल्नु स्वभाविक हो', उनले एक टेलिभिजन कार्यक्रममा बोल्ने क्रममा भनेका छन्, 'पीडाले जमिनमा म ढल्दा अस्वभाविक लागेको हुनसक्छ वा दर्शकले यसलाई अस्वभाविक अभिनय भन्नुभयो होला तर यो मेरो बाल्यकालदेखिकै बानी हो ।'

पेरिस सेन्ट जर्मेनका फरवार्ड नेमारले पोर्चुगाली भाषामा यस्तो जवाफ दिएका हुन् । 'तपाईँहरू सबैले सोच्नुहोला खेलका समय म धेरै नै लडेँ । तर वास्तवमा म लडेको हो, अभिनय गरेको होइन', उनले भने, 'हुनसक्छ, खेलका समय मैले शरीरलाई केही सन्तुलित पार्न सक्नुपर्थ्यो, त्यो सक्दिन । यो मेरो स्वाभाव बनिसकेको छ ।' 

उनले चोटकै कारण शरीरलार्इ सन्तुलित बनाउन नसकेको पनि बताएका छन् ।'यसबाट मलाई नै खुट्टाको गोलीगाँठोमा चोट लागेको छ', उनले भने, 'गत फेब्रुवरीमा शल्यक्रिया नै गर्नुपरेको थियो ।' 

नेमारले घमण्ड गरेर मैदानमा नलडेको पनि बताएका छन् । 'मैले एउटा अभिमानी बालकले जस्तो गलत धारणा राखेर लडेको होइन, तर म अझै मेरो समस्यालाई व्यवस्थापन गर्न सिकिसकेको छैन', उनले भने, 'मभित्र त्यहाँ अझै पनि केटाकेटीपन रहेको छ र कहिलेकाँही यसले विश्वलाई दिग्भ्रमित पारिदिन्छ । 

उनले खेलप्रेमीको आलोचनाले आफूलाई कमजोरी सच्चाउने अवसर मिल्ने पनि बताएका छन् । 'यसबाट ब्राजिलको फुटबल क्षेत्रलाई पनि सुध्रने अवसर प्राप्त हुनेछ', उनले थपेका छन् । 

ब्राजिलियन फुटबल स्टार नेमारले गत हप्ता एएफपीलाई दिएको अन्तवार्तामा ब्राजिलको विश्वकपमा अनपेक्षित हारले आफूलाई कहिलै बललाई नहेरौँ जस्तो लाग्ने गरेको पनि खुलासा गरेका थिए । त्यस क्रममा उनले अब फुटबल नै नखेलौँजस्तो लाग्ने गरेको खुलासा पनि गरेका थिए । रासस/एएफपी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.