त्रिशूली जलविद्युत सुचारु, पाँच करोडको विद्युत नोक्सान
विदुर : जलविद्युतगृहमा आगलागीपछि उत्पादन बन्द गरिएको त्रिशूली जलविद्युतगृह मर्मतपछि पुनः सुचारु भएको छ। गत असार २६ गते विदुर नगरपालिका वडा नं. १ त्रिशूलीमा रहेको २१ मेगावाट क्षमताको जलविद्युतगृहमा आगलागी भएपछि विद्युतउत्पादन पूर्णरुपमा बन्द थियो। विद्युतगृहले १९ दिनपछि बिजुली पुनः उत्पादन गर्न थालेको हो।
नेपाल विद्युतप्राधिकरणको स्वामित्वमा रहेको त्रिशूली जलविद्युतगृह भित्रको जेनेरेसनतर्फको ६ दशमलव ६ केभी साइट बे्रकरमा असार २६ गते दिउँसो २ बजे भीषण आगलागी भएको थियो। आगलागीपछि विदुर नगरपालिकासहित जिल्लाका अधिकांश भेगमा लगातार ३० घण्टा विद्युतअवरुद्ध भएको थियो।
तीन ब्रेकरमा आगो लागेर क्षति भएपछि हाल दुईवटा ब्रेकर ल्याएर उत्पादन थालिएको त्रिशूली जलविद्युतकेन्द्रका प्रमुख तारादत्त भट्टले बताए। ‘हामीले नेपाल विद्युतप्राधिकरणकै अर्को शाखाबाट दुईवटा ब्रेकर ल्याएर जडान गरी उत्पादन थालेका छांै। साविककै अनुसार उत्पादन भइरहेको छ। अहिले दुईवटा ब्रेकरबाट नै काम सञ्चालन भइरहेको छ’, केन्द्र प्रमुख भट्टले भने।
आगलागीपछि एक सातासम्म त्रिशूली जलविद्युतर सोही केन्द्रबाट पानी गएपछि सञ्चालन हुने १४ मेगावाट क्षमताको देवीघाट जलविद्युतकेन्द्रकोसमेत उत्पादन भएको थियो। आगलागीको कारण एक करोड रुपैयाँ बढीको भौतिक क्षति भएको केन्द्र प्रमुख भट्टले वताए।
विद्युतउत्पादन बन्द हुँदा विद्युत प्राधिकरणलाई पाँच करोड रुपैयाँ वरावरको घाटा भएको प्राविधिकहरूले बताएका छन्। आयोजना बन्द हुँदा दैनिक ४८ लाख रुपैयाँ वरावरको विद्युत नोक्सान भएको छ।
विद्युतउत्पादन बन्द हुँदा थप कति नोक्सानी भयो भनेर मूल्यांकन गर्न बाँकी रहेको केन्द्र प्रमुख भट्टले बताए। त्रिशूली जलविद्युतकेन्द्रसहित देवीघाटसमेत बन्द भएको हुँदा करोडौंको विद्युतउत्पादन नोक्सानी भएको उनले बताए।
त्रिशूली जलविद्युतकेन्द्रमा भएको आगजनीले प्रतिघण्टा दुई लाख रुपैयाँको विद्युत घाटा भएको थियो। ५० वर्ष पुरानो त्रिशूली जलविद्युतगृहमा आगजनीले क्षति पुर्याएपछि प्रतिघण्टा दुई लाख रुपैयाँको दरले घाटा भइरहेको थियो।
जलविद्युतकेन्द्रको मर्मत गरेर विद्युतसुचार गरिएको हो। त्रिशूली जलविद्युतगृहको पानीलाई सदुपयोग गरी तीन किलोमिटर तल लगिएको देवीघाट जलविद्युतगृह पनि प्रभावित भएर विद्युतउत्पादन बन्द भएको त्रिशुली जलविद्युत केन्द्रका प्रमुख तारादत्त भट्टले जानकारी दिए।
उनका अनुसार आगजनी हुनुपुर्व स्वचालित अवस्थामा दुई वटा जलविद्युतगृहले दैनिक २७ मेगावाट विद्युतउत्पादन गर्ने गरेका थिए। आगजनी भएपछि विद्युतउत्पादन बन्द हुँदा प्रतिघण्टा दुई लाख रुपैयाँका दरले विद्युतनोक्सान भएको त्रिशूली जलविद्युतकेन्द्रका प्रमुख तारादत्त भट्टले बताए।
त्रिशूली जलविद्युतगृहबाट उत्पादित विद्युतलाई ट्रान्सफर्मरसम्म पुर्याउन प्रयोग गरिएको विद्युतीय तारमा जडान गरिएको बसबार र तीनवटा ब्रेकरमा आगोले क्षति पुर्याएपछि एक करोड रुपैयाँ भन्दा बढीको नोक्सान भएको थियो। आगलागीबाट क्षति पुगेका टर्बाइन मर्मतमा नेपाल विद्युतप्राधिकरणका १५ जनाभन्दा बढी प्राविधिक दैनिक रुपमा खटिएका थिए।
आगोले क्षति पुगेका ब्रेकर भैरहवा सवस्टेशनमा मौजुदा रहेकाले त्यहाँबाट ल्याइएको हो।
उनले भने, ‘आगो निभाउन फायर एक्सटिनगुइसर ग्यास पर्याप्त नभएपछि दमकलमार्फत पानीसमेत प्रयोग भएकाले त्यसको कारण क्षति पुगेका उपकरण कति भन्ने एकिन हुन अझै बाँकी छ।’
विद्युतउत्पादन बन्द हुँदा नुवाकोटका ५५ हजार ग्राहक प्रभावित हुनुका साथै तीन लाख सर्वसाधारण प्रभावित थिए।
नेपाल विद्युतप्राधिकरणको स्वामित्वमा रहेको नुवाकोटको त्रिशूली जलविद्युत केन्द्र (जडित क्षमता २४ मेगावाट)को विद्युत गृहको जेनेरेसनतर्फको ६.६ केभी साइट बे्रकरमा दिउसो दुई बजे आगलागी हुँदा लामो समयसम्म नुवाकोट अन्धकारमय भएको थियो।
सुरक्षाकर्मी, विद्युत गृहका कर्मचारी, स्थानीय बासिन्दा लगायतको करिव साढे एक घण्टाको प्रयासपछि आगोलाई नियन्त्रणमा लिइएको थियो।
आगलागीपछि त्रिशूली जलविद्युत केन्द्र र त्यसको क्यासकेटकारुपमा रहेको देवीघाट जलविद्युत केन्द्र (जडित क्षमता १५ मेगावाट)बाट करिब २७ मेगावाट विद्युतउत्पादन विच्छेद भएको प्राधिकरणले जनाएको छ।
नुवाकोटमा १३ वटा फिडरमार्फत विद्युतआपूर्ति भइरहेकोमा विद्युत गृहमा अगलागीका कारण ७ वटा बन्द गरी ६ वटा फिडर मात्रै सञ्चालन गरिएको थियो।