राप्रपाको ट्रेड युनियन प्रदेश ७ को संयोजकमा शाही
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघले प्रदेश ७ को संयोजकमा छत्रकुमार शाहीलाई नियुक्त भएका छन् । महासंघले शाहीलाई प्रादेशिक संरचना विस्तारका लागि प्रदेश प्रदेश संयोजकमा नियुक्ति गरेको हो। कैलाली निवासी शाही लामो समयदेखि राप्रपामा आवद्ध छन्।
‘राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघ नेपालको प्रादेशिक संरचना विरुतारको क्रममा तपाईंलाई प्रदेश ७ को संयोजकको जिम्मेवारी प्रदान गरिएकोले युनियनप्रति पूर्ण रपमा जिम्मेवार रही कार्य गनृ अनुरोध गर्दै कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछु’, चिरागमान सिंह कुँवरले जारी गरेको पत्रमा भनिएको छ ।