थाई एयरवेजको रक्तदान र स्वास्थ्य जाँच कार्यक्रम
काठमाडौं : थाई एयरवेज इन्टरनेशनलले मंगलबार रक्तदान तथा कार्डियो हेल्थ चेक–अप कार्यक्रमको गरेको छ।
थाई एयरवेजले २६ वर्षअघि १९९२ को घटनालाई स्मरण दरबारमार्गस्थित अन्नपूर्ण होटलमा कार्यक्रम गरेको हो । नेपालमा उत्कृष्ट सेवा प्रदान गर्दै आएको थाई एयरवेजले आफ्नो ५० औं वार्षिक उत्सव मनाउँदै छ । थाई राजदूत भकावत तान्स्कुल प्रमुख अथिति रहेको कार्यक्रममा रोयल थाई एम्बेसी नेपाल टिमको पनि उपस्थिति थियो ।
कार्यक्रममा १२० जनाभन्दा बढीले रक्तदान गरेका छन् । सहभागीले सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, काठमाडौंका वरिष्ठ मुटु रोग विशेषज्ञ डा. अरुण मास्केको नेतृत्वमा आएको टिमबाट निःशुल्क स्वास्थ्य चेकजाँच गरे ।
ट्राभल एजेन्ट, जनमानस, शुभ–चिन्तकका साथै थाई एयरवेजका परिवार उक्त कार्यक्रममा सहभागी थिए । थाई एयरवेजले यो कार्यक्रमलाई हरेक वर्ष जुलाई ३१ मा निरन्तरता दिने जानकारी विज्ञप्तिमार्फत् गराएको छ।