दिउँसै लुटिए निर्माण व्यवसायी बजगाईं

दिउँसै लुटिए निर्माण व्यवसायी बजगाईं

भक्तपुर : भक्तपुरका एक निर्माण व्यवसायी मंगलबार दिउँसै लुटिएका छन् । भक्तपुरको चाँगुनारायण नपा ६ नगरकोटका निर्माण व्यवसायी ५४ वर्षीय परशुराम बजगाईं लुटिएका हुन् ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार उनलाई भक्तपुर नगरपालिका ५ कालाँचामा दुईजनाको अज्ञात समूहले चक्कु देखाएर लुटेको हो । परिसरका अनुसार बजगाईंले आफ्नो साथमा रहेको ६ लाख रुपैयाँ दुईजनाको अज्ञात समूहले चक्कु देखाएर लुटपाट गरेको जाहेरी दिएका छन् । घटनामा संलग्नहरुको व्यापक खोजी भइरहेको परिसरका प्रमुख प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार भक्तपुरको कमलविनायकस्थित नेपाल बैंकबाट दुई लाख रुपैयाँ झिकेर पैदल सूर्यविनायकतर्फ जाने क्रममा कालाँचामा लुटिएको देखिन्छ । ‘भक्तपुर नपा ५ स्थित भेलुखेलबाट अरनिको राजमार्ग जोड्ने गोरेटो बाटोमा बजगाईं लुटिएको देखिन्छ’, प्रहरी उपरीक्षक श्रेष्ठले भने, ‘खोल्सा भएर जानुपर्ने उक्त बाटोमा धेरै मान्छे हिँडडुल गर्दैनन् । एकान्त ठाउँ देखेर उनलाई लुटेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।’

उनका अनुसार निर्माण व्यवसायी बजगाईं बैंकबाट झिकेको रकम कपडाको झोला हातैमा बोकेर पैदल सूर्यविनायकतिर लागेका थिए । पीडित बजगाईंले बैंकबाट झिकेको दुई लाख र घरबाट साथमा ल्याएको चार लाख गरी ६ लाख रुपैयाँ लुटिएको बताएका छन् । आफ्ना निर्माण मजदुरहरुलाई ज्याला दिन भनी आफू नगद लिएर सूर्यविनायकतर्फ पैदलै गएको उनको भनाइ थियो।

‘घरबाट ल्याएको चार लाख रुपैयाँ अपुग भएपछि कमलविनायकस्थित नेपाल बैंकबाट थप दुई लाख रुपैयाँ लिएर पैदलै छोटो बाटो सूर्यविनायकतर्फ गइरहेको थिएँ’, उनले थपे, ‘सूर्यविनायक नपुग्दै मोटरसाइकलमा आएका दुईजनाले चक्कु देखाई कराए मारिदिन्छु भनी पैसा भएको झोला खोसेर लगे । मेरो त सर्वस्व नै लुटियो ।’

भक्तपुर प्रहरीका प्रमुख श्रेष्ठले बैंकबाट दुई लाख रुपैयाँ झिकिएको देखिए पनि अरु रकम बोके नबोकेको त्यसै भन्न नसकिने बताए । उनले लुटेराहरु भेटिएपछि मात्रै लुटिएको रकम एकिन हुने जानकारी दिए ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.