भक्तपुरको डोलेश्वरमा राजस्थानी देवदेवी स्थापना

भक्तपुरको डोलेश्वरमा राजस्थानी देवदेवी स्थापना

भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका ८ सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिर परिसरमा भारतको राजस्थानीमा प्रचलित देवदेवीका मन्दिर स्थापना गरिएको छ ।

उक्त मन्दिरमा राजस्थानमा प्रचलित शिव परिवारका पाँच देवीदेवीको मूर्ति स्थापना गरिएको छ । उक्त मन्दिर परिसरमा काठमाडौंको पशुपतिनाथस्थित महादेवको चारमुखे शिव लिंगसमेत स्थापना गरिएको छ । 

मन्दिरमा राजस्थानमा प्रचलित शिव परिवारअन्तर्गतका सालासर हनुमानजी, श्री श्याम बाबा, भीमेश्वरी षेरीवाली, रानीसती ढाढी र भैरवनाथको मूर्ति स्थापना गरिएको छ ।

उक्त मन्दिरलाई राजस्थानबाटै ल्याइएका ढुंगाले सिंगारिएका छन् । मन्दिर राजस्थानी शैलीमा निर्माण गरिएको छ । उक्त मन्दिर निर्माण गर्न सम्पूर्ण निर्माण सामग्री राजस्थानबाटै ल्याइएको केदारनाथको शीर डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिका कोषाध्यक्ष विश्वराम थापाले जानकारी दिए ।

उनका अनुसार नेपाल मानव सेवा संघले धर्मशाला निर्माण गर्न किनेको जग्गामै उक्त मन्दिर निर्माण गरिएको छ । उक्त मन्दिरमा रहेका फरकफरक तीन परिवारले छुट्टाछुट्टै मूर्ति स्थापना गरेका छन् । जुन मन्दिर परिसरमा रहेको शिलालेखमा उल्लेख गरिएको छ ।

शिलालेखमा उल्लेख भएअनुसार मुरलीधर सिंधानियाले आफ्ना दिवंगत मातापिता गीतादेवी र बुद्धिरामजी सिंहानियाको स्मृतिमा सालासर हनुमानजी, रानीसती ढाढी र श्रीश्या बाबाको मूर्ति स्थापना गरेका छन् ।
त्यस्तै नन्दकिशोर र नरेशकुमार गोयलले आफ्ना दिवंगत मातापिता विमलादेवी र पूर्णमलजी गोयलको स्मृतिमा भैरवनाथको मूर्ति स्थापना गरेका छन् ।

यसैगरी स्वर्गीय गोविन्दराम नाहाडियाको स्मृतिमा उनकी श्रीमती केशरदेवी नाहाडिया र छोराहरु राजेश, उत्तम र राजेश नाहाडियाले उक्त मन्दिरमा भीमेश्वरी देवीको मूर्ति स्थापना गरेका छन् ।

मन्दिरमा स्थापना गरिएका देवदेवीमा गएको असार ३० गते प्राण प्रतिस्थापन गरी सर्वसाधारणको लागि खुला गरिएको कोषाध्यक्ष थापा बताउँछन् ।

डोलेश्वर महादेव मन्दिरमा गएको मंगलबारदेखि ३७ दिने श्रावणी मेला सुरु भएको छ । श्रावणी मेलामा डोलेश्वर मन्दिर पुग्ने सर्वसाधारण राजस्थानी मन्दिरमा पनि पूजाआजा गर्न पुग्ने गरेका छन् ।

डोलेश्वरमा नयाँ देवदेवीको मन्दिर भएकाले यो सर्वसाधारणको आकर्षणको केन्द्र बन्न पुगेको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.