आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार अन्नपूर्णकर्मी शेर्पालाई

आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार अन्नपूर्णकर्मी शेर्पालाई

काठमाडौं : अन्नपूर्णकर्मी छेटु शेर्पा ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार-२०७५’ सम्मानित हुने भएका छन्। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले छापा क्षेत्रबाट शेर्पालाई सम्मान गर्न लागेको हो। शेर्पा वातावरण क्षेत्रको रिपोर्टिङ गर्छन्। 

पुरस्कार छनोट समितिको सोमबारको बैठकले गरेको पुरस्कार छनोट सम्बन्धी निर्णय मंगलबार फोनिजको सचिवालयले अनुमोदन गरेको हो। फोनिजले हरेक वर्ष प्रदान गर्दै आएको यो पुरस्कारबाट अनलाइनतर्फ उजिर मगर, टेलिभिजनतर्फ भैरव आङला र रेडियोतर्फ विमला चौधरीलाई सम्मानित हुने भएका छन्। 

पुरस्कारको राशी जनही नगद ४० हजार रुपैयाँ  रहेको छ। पुरस्कार साउन २७ गते फोनिजको स्थापना दिवसको अवसरमा आयोजना हुने विशेष कार्यक्रममा प्रदान गरिने महासचिव मनोज घर्तीमगरले जानकारी दिए। 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.