बिमस्टेकमा मोदी नेपाल आउने

बिमस्टेकमा मोदी नेपाल आउने

काठमाडौं : नेपालमा आयोजना हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी राष्ट्रहरूको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने भएका छन्। प्रधानमन्त्री भएपश्चात मोदीको यो चौथो नेपाल भ्रमण हुनेछ।

गत वैशाख २८ गते दुईदिने भ्रमणमा उनी जनकपुर हुँदै काठमाडौं आएका थिए। भदौ १४ र १५ गते काठमाडौंमा हुने बिमस्टेक सम्मेलनमा सदस्य राष्ट्रहरूका कार्यकारी सरकार प्रमुख नै सहभागी हुने भएपछि मोदी पनि आउने भएका हुन्।

सदस्य राष्ट्रका कार्यकारी सरकार प्रमुखहरूको सहमतिमा सम्मेलनको मिति तय भएकाले सबै सदस्य राष्ट्रका कार्यकारी प्रमुख सम्मेलनमा सहभागी हुने सम्भावना रहेको परराष्ट्र स्रोतले जनायो। स्रोतले भन्यो, ‘दुई देशबाट कार्यकारी सरकार प्रमुख सहभागी हुने जानकारी आइसकेको र अन्य देशबाट जानकारी आउने क्रममा रहेको छ।’

काठमाडौंमा मंगलबार आयोजित नेपाल–भारत प्रबुद्ध समूहको एउटा कार्यक्रममा सहभागी भारतीय प्रबुद्ध व्यक्तिहरूले पनि आगामी महिना भारतीय प्रधानमन्त्री बिमस्टेक सम्मेलनमा नेपाल आउने बताएका थिए। यस पटकको बिमस्टेक सम्मेलनमा नेपालले बिमस्टेक बडापत्र निर्माणमा जोड दिने स्रोतको दाबी छ। सन् १९९७ मा स्थापित बिमस्टेकको त्यसयता २० वर्षमा पनि बडापत्र तयार हुन सकेको छैन। यस पटक सम्मेलनमा बडापत्र निर्माणमा नेपालले जोड दिने तयारी गरेको छ।

परराष्ट्र मन्त्रालयका अधिकारीहरूका अनुसार बडापत्रले संगठनलाई बाँध्ने हुँदा आवश्यकता महसुस गरी सम्मेलनमा नेपालले बडापत्र तयार पार्न जोड गर्न लागेको हो। तीव्र गतिमा अघि बढ्न नसकेको बिमस्टेक सार्क सम्मेलन स्थगन भएसँगै सक्रिय हुन थालेको कूटनीतिज्ञहरू बताउँछन्।

 भदौ १४ र १५ गते काठमाडौंमा हुने बिमस्टेक सम्मेलनमा सदस्य राष्ट्रहरूका कार्यकारी सरकार प्रमुख नै सहभागी हुने भएपछि भारतीय प्रधानमन्त्री मोदी पनि आउने भएका हुन्।

सरकारले प्रधानमन्त्री, परराष्ट्रमन्त्री, परराष्ट्र सचिवलगायत विभिन्न मन्त्रालयको संयोजकत्वमा १० वटा समिति र उप–समिति बनाएर सम्मेलनको तयारी गरिरहेको छ। सरकारले बिमस्टेकको प्राथमिकतामा रहेका १४ विभिन्न क्षेत्रसँग सम्बन्धित मन्त्रालयसँगको सहकार्यमा सम्मेलनमा प्रस्तुत गर्ने प्रमुख एजेन्डा तयार पारिरहेको परराष्ट्रका एक जना वरिष्ठ अधिकारीले जानकारी दिए। बिमस्टेकले प्राथमिकतामा राखेका १४ क्षेत्रअन्तर्गत गरिबी निवारणसम्बन्धी कार्यक्रमको नेतृत्व नेपालले गर्दै आएको छ।

यस्तै सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धि सम्बन्धमा अध्ययन गर्न गठित नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी) ले बिमस्टेक सम्मेलनअघि नै भारतीय प्रधानमन्त्री मोदीलाई प्रतिवेदन बुझाउने प्रयास गरेको छ। समूहका नेपालतर्फका सदस्य नीलाम्बर आचार्यले बिमस्टेक सम्मेलनअघि नै समूहको अध्ययन प्रतिवेदन भारतीय प्रधानमन्त्री मोदीलाई बुझाउने तयारी भएको जानकारी दिए। उनले भने, ‘अध्ययन प्रतिवेदन दुवैतर्फका सदस्यहरूले भारतीय प्रधानमन्त्रीको सरकारी कार्यालयमा बुझाउने तयारी भएको छ।’ उनका अनुसार समूहको सचिवालयको समयसीमा साउन मसान्तसम्म रहेकाले त्यसअघि नै प्रतिवेदन बुझाउने प्रयासमा समूह छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.