साढे ८८ अर्बको निजी आवास निर्माण

साढे ८८ अर्बको निजी आवास निर्माण

काठमाडौं : सरकारले गत आर्थिक वर्ष ८८ अर्ब ४८ करोड रुपैयाँको निजी आवास निर्माण गरेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७२ वैशाख १२ को विनाशकारी भूकम्पबाट क्षति भएका निजी आवास निर्माणमा यो रकम खर्च गरेको हो । अघिल्लो आवमा ३५ अर्ब ३५ करोड रुपैयाँ निजी आवास निर्माणका लागि खर्च भएको थियो ।

प्राधिकरणका प्रवक्ता कृष्णप्रसाद दवाडीले भूकम्पयता दुई लाख ५७ हजार दुई सय ७५ निजी आवास पुनर्निर्माण सम्पन्न भएको जानकारी दिए । उनले भने, ‘प्राधिकरण चालु आवमा सबै निजी आवास निर्माण गरिसक्ने लक्ष्यका साथ अघि बढेको छ । भूकम्पबाट क्षति भएका आठ लाख सात हजार चार सय ८६ निजी आवास लाभग्राहीको सूचीमा परेका छन् । सेवा ग्राहीको संख्या अझ थपिन पनि सक्छ ।’

प्राधिकरणमा सर्वेमा छुटेका भनी एक लाख २९ हजारको उजुरी परेको छ । त्यसमध्ये अझै ३५ हजारको उजुरी फस्र्योट हुन बाँकी छ’, दवाडीले भने, ‘९१ हजार उजुरीमात्रै हालसम्म फस्र्योट भएका छन् ।

सरकारले भूकम्प गएको करिब आठ महिनापछि अति प्रभावित १४ र कम प्रभावित १८ जिल्लाका नौ लाख ९६ हजार पाँच सय ८२ निजी आवासको विस्तृत सर्वे गरेको थियो ।

प्राधिकरणको तथ्यांकअनुसार पाँच लाख २५ हजार तीन सय ३० आवास निर्माणका क्रममा छन् । यसअवधिमा दुई लाख ५५ हजार सात सय ४० सेवाग्राहीको आवेदन प्रमाणीकरण भई निजी आवास निर्माणका लागि तेस्रो किस्ता पाएका छन् । तेस्रो किस्ता भुक्तानीका लागि निवेदन दिने लाभग्राहीको संख्या दुई लाख ६७ हजार ७२ रहेको प्राधिकरणले जानकारी दिएको छ ।

चार लाख ८५ हजार ९१ सेवाग्राहीलाई निजी आवास निर्माणका लागि सरकारले प्रमाणीकरण गरेर दोस्रो किस्ता भुक्तानी दिएको छ । दोस्रो किस्ता भुक्तानीका लागि चार लाख ९६ हजार ७० सेवाग्राहीले किस्ता प्राप्त गर्न निवेदन दिएका छन् ।

गएको आवमा भूकम्पबाट क्षति भएको निजी आवास निर्माणका लागि नेपाल सरकारले ५१ अर्ब ५२ करोड रुपैयाँ खर्च गरेको छ । आईडीए १६ अर्ब ७० करोड, भारत सात अर्ब ८८ करोड, युरोपियन युनियनले सात अर्ब ३१ करोड, जाइकाले चार अर्ब ३४ करोड र वल्र्ड बैंक (ट्रस्ट कोष) ले ७० करोड रुपैयाँ निजी आवास निर्माणमा खर्च गरेका छन् ।

भूकम्पयता दुई लाख ५७ हजार दुई सय ७५ निजी आवास पुनर्निर्माण सम्पन्न भएको छ ।

निजी आवास निर्माणमा खर्च भएको रकम सरकार र दातृनिकायले अनुदानका रूपमा दिएका हुन् । गत आवमा पुनर्निर्माण प्राधिकरणमार्फत विभिन्न शीर्षकमा एक खर्ब १४ अर्ब ५६ करोड रुपैयाँ खर्च भएको छ । अघिल्लो आवमा पुनर्निर्माण प्राधिकरणबाट ४९ अर्ब ६९ करोड खर्च भएको थियो ।

दुई वर्षको अवधिमा पुनर्निर्माण प्राधिकरणबाट पौने तीन अर्बभन्दा बढी रकम कार्यक्रममा खर्च भएको छ । गएको आवमा विभिन्न दातृनिकायबाट प्राप्त अनुदान र सरकारका तर्फबाट दुई अर्ब ६७ करोड ९७ लाख कार्यक्रममा खर्च भएको छ । अघिल्लो आवमा पनि पुनर्निर्माण प्राधिकरणमार्फत दुई अर्ब १५ करोड कार्यक्रम शीर्षकमा खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांक छ ।

प्राधिकरणले गएको आवसम्म दुई सय २० सरकारी भवन पुनर्निर्माण सम्पन्न भएको छ भने एक सय ४७ सरकारी भवन पुनर्निर्माण हुँदैछ । हालसम्म तीन हजार सात सय ८५ शैक्षिक संस्था पुनर्निर्माण सम्पन्न भएको छ । दुई हजार चार सय शैक्षिक भवनको पुनर्निर्माण हुँदैछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.