रानीवन जग्गा एकीकरण आयोजना : समय लम्ब्याउँदै खर्च बढाउँदै
काठमाडौं : तीन वर्षभित्र सक्ने गरी ११ वर्ष अगाडि थालिएको इचंगुुनारायण (रानीवन) जग्गा एकीकरण आयोजना (दोस्रो) अझै पूरा भएको छैन। जग्गा एकीकरणको काम समयमा नसकिँदा स्थानीयकै जग्गाबाट हरेक वर्ष करोडाै खर्चेर कर्मचारी पाल्दै आएको छ।
आर्थिक वर्ष २०६४/६५ मा सुुरु भएको यो आयोजनाले ६ सय आठ रोपनी जग्गा एकीकरण गरेको थियो। त्यो जग्गामध्ये ८५ प्रतिशत स्थानीयलाई फिर्ता भइसकेको छ। बिक्री प्लटमा बाँकी छ रोपनी जग्गाका लागि आयोजनाले समय लम्ब्याउँदैै आएको छ।
आयोजन प्रमुुख केशव न्यौपानेले खानेपानी, विद्युुतीकरण, ढल, खुुला क्षेत्र व्यवस्थित गर्न बाँकी रहेको बताए। उनले भने, ‘आयोजनाले अझै १५ प्रतिशत जग्गा स्थानीयलाई फिर्ता गर्नुुपर्नेछ। व्यवस्थित वसोबास बनाउन स्थानीयबाट योगदान भएको जग्गामध्येको अझै ६ रोपनी बिक्री गर्नुुपर्ने छ। आयोजनको काम नसकिएकोले हस्तान्तरण नभएको हो।’ तोकिएभन्दा बढी समय लागेकाले खर्च बढेको आयोजना प्रमुुख न्यौपानेले बताए।
यो आयोजनाले ११ वर्षको अवधिमा ४७ करोड चार लाख आम्दानी गरेको छ। ४६ करोड ३२ लाख ५६ हजार रुपैयाँ खर्च भएको छ। आयोजनाले जग्गा बिक्रीबाट मात्रै ४० करोड ४९ लाख ७० हजार रुपैयाँ आम्दानी गरेको छ। आयोजनाले ४९ लाख ७५ हजार रुपैयाँ अझै जग्गाको भुुक्तानी दिन बाँकी छ।
जग्गा एकीकरणको काम समयमा नसकिँदा स्थानीयकै जग्गाबाट हरेक वर्ष करोडाै खर्चेर कर्मचारी पाल्दै आएको छ।
आयोजनाले तयार पारेको गुुरुयोजनामा सबै बस्तीक्षेत्रका सडक ग्राभेलमात्रै गर्ने थियो। बिजुुली र खानेपानीको योजना थिए। यसलाई समावेश गर्दा र सबै काम सकेर अयोजना हस्तान्तरण गर्दासमय लागेको पनि आयोजना प्रमुुख न्यौपानेले बताए।
रानीवन जग्गा एकीकरण आयोजना उपभोक्ता समितिका अध्यक्ष जीतबहादुुर घिमिरेले सरकारी योजना भएकाले स्थानीयले विभिन्न माग राखेका कारण समयमा काम नसकिएको बताए। उनले भने, ‘योजनाअनुुसार काम नहुुँदा ढिलो भएको हो। अब, ३ प्रतिशत खुुला क्षेत्रलाई व्यवस्थित गर्नुुपर्नेछ। पानी, बिजुुलीसहितको काम सकेर एक वर्षभित्रै आयोजना हस्तान्तरण हुुन्छ।’ बर्सेनि बढ्दै गएको प्रशासनिक खर्चलाई पनि घटाउँदै गएको दाबी अध्यक्ष घिमिरेको छ। २६ जनाको दरबन्दीबाट अहिले जम्मा ७ जनामा मात्रै सीमित बनाइसकेको उनले बताए।
उपभोक्ता समितिका उपाध्यक्ष उदयबहादुुर सिंखडाले भने स्थानीयको चित्त बुुझाएर आयोजनाले कामै गर्न नसकेको गुुनासो गरे। उनले भने,‘ आयोजनाले एक पछि अर्को काममा स्थानीयलाई चित्त बुुझाउन सकेको छैन। कमजोरी लुुकाउँदै जाने र आयोजना पछाडि धकेल्ने काम मात्रै भएको छ।’ एकीकरण आयोजनाका स्थानीयवासी हरि अर्याल सरकारले व्यवस्थित प्लानिङ र बासोबास गराए पनि पछिल्लो समय स्थानीयलाई चित्त बुुझाएर काम गर्न नसकेको बताए। उनले भने, ‘हामीले दिएको जग्गा योगदानकै पैसाबाट आयोजना चलाइएको छ। हामीलाई दिने सेवा सुुविधा र स्थानीयको सहजतामा भने आयोजनाले आलटाल गर्दै समय मात्रै लम्ब्याइरहेको छ।’ आयोजनाले हालसम्म भौतिक निर्माणमा मात्रै ३८ करोड खर्च गरिसकेको छ। प्रशासनिक खर्च मात्रै वार्षिक करोड छ। पैसा खर्च गरेअनुुसार कामका गुुणस्तर र व्यवस्थित बस्ती नभएको दाबी उनको छ।