प्रधानमन्त्रीसमक्ष प्रज्ञा–प्रतिष्ठानको प्रतिवेदन पेस

प्रधानमन्त्रीसमक्ष प्रज्ञा–प्रतिष्ठानको प्रतिवेदन पेस

काठमाडौं : प्रधानमन्त्री एवं नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रमुख संरक्षक केपी शर्मा ओलीसमक्ष नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले प्रतिष्ठानको दुई वर्षको वार्षिक प्रतिवेदन पेस गरेका छन्।

प्रतिष्ठानका कुलपति उप्रेतीबाट प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीले प्रतिष्ठानका तर्फबाट दुई वर्षको प्रतिवेदन एकैसाथ बुझाइनुले सरकार–प्रतिष्ठान दूरी बढेको महसुस भएको उल्लेख गर्दै अब यस्तो नहुने बताए। ‘कवि नभए पनि कविमन भएको सरकार छ’, उनले भने, ‘प्रतिष्ठानले गरेका सबै कार्य सकारात्मक छन्। प्रतिष्ठानको प्रयासमा सरकारले सहयोग गर्छ।’ उनले मुलुकको अबको यात्रा समृद्धिको रहेको भन्दै समयसापेक्ष साहित्य लेखिनुपर्नेमा जोड दिए।

कुलपति उप्रेतीले दुई वर्षमा ९३ वटा अध्ययन अनुसन्धानको काम भएको जनाउँदै प्रतिष्ठानले दुई वर्षमा देशभर एक सय १४ वटा गोष्ठी, सम्मेलन, कार्यशाला र अनुसन्धान गराएको उल्लेख गरे। उनले सीमित स्रोतसाधनका बीच पनि प्रज्ञा–प्रतिष्ठानले उल्लेख्य उपलब्धि हासिल गरेको दाबी गरे।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, उपकुलपति डा. विष्णुविभु घिमिरे, मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा, प्रतिष्ठानका सदस्यसचिव प्रा.डा. जीवेन्द्रदेव गिरी र प्राज्ञ परिषद्का सबै सदस्यको उपस्थिति थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.