उत्तर कोरियाले नयाँ क्षेप्यास्त्र विकास गरिरहेको अमेरिकी गुप्तचरको दाबी

उत्तर कोरियाले नयाँ क्षेप्यास्त्र विकास गरिरहेको अमेरिकी गुप्तचरको दाबी

वासिङटन : उत्तर कोरियाले नयाँ लामो दूरीसम्म प्रहार गर्न सक्ने ब्यालेस्टिक क्षेप्यास्त्र विकास गरिरहेको अमेरिकी गुप्तचर निकायले दाबी गरेका छन्।अमेरिकी अखबार वासिङटन पोस्टले अमेरिकी गुप्तचर निकायलाई उद्धृत गर्दै भूउपग्रहबाट हालैका सातामा खिचिएका तस्वीरका आधारमा उक्त नयाँ तथ्य बाहिर आएको जनाएको छ। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच गत जुन १२ मा सिंगापुरमा भएको शिखर वार्तामा आणविक कार्यक्रम स्थगित गर्ने सहमति भएको थियो। प्योङयाङले सम्झौताविपरीत कम्तीमा एक वा दुई ओटा तरल-इन्धनयुक्त अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र निर्माण गरेको अमेरिकी भनाइ छ।

गुप्तचर निकायका अधिकारीहरूले नाम नखुलाउने शर्तमा भने, ‘प्योङयाङ नजिकैको सानुमदोङमा क्षेप्यास्त्र निर्माणको काम भइरहेको देखिएको छ र यसबाट अमेरिकासम्म प्रहार गर्न सकिन्छ।’ गत जुनमा सिंगापुरमा भएको शिखर सम्मेलनमा राष्ट्रपति ट्रम्पले ‘अबका दिनमा प्योङयाङबाट आणविक खतरा रहेन’ भन्दै आफ्नो कूटनीतिक सफलताको प्रचार गरेका थिए। किमले मुलुकको आणविक र क्षेप्यास्त्र कार्यक्रम रद्द गर्ने सार्वजनिक प्रतिबद्धता व्यक्त गरेका थिएनन्। ‘हामीले विगतमा झैं काम भइरहेको देखेका छौं’, गुप्तचर निकायका एक अधिकारीले अखबारलाई बताएका छन्।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.