गर्भवती महिलालाई अण्डा दिने कुखुराको सट्टा चल्ला वितरण !

गर्भवती महिलालाई अण्डा दिने कुखुराको सट्टा चल्ला वितरण !

वीरगन्ज : पर्साको पकाहामैनपुर गाउँपालिकामा गर्भवती महिलाका लागि सन्चालित बहुक्षेत्रीय पोषण कार्यक्रममा अनियमितता भएको छ। 

अन्तर्राष्ट्रिय  दातृ संस्था युनिसेफको सहयोगमा नेपाल सरकारले गर्भवती महिलाका लागि सन्चालन गरेको बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत पकाहा मैनपुर गाउँपालिकामा गत आर्थिक वर्ष २०७४/७५ मा १४ लाख ८५ हजार रुपैयाँ आएको थियो। जसमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ११ लाख रुपैयाँ पठाएको थियो भने गाउँपालिकाको कार्यालयले तीन लाख ८५ हजार रुपैयाँ विनियोजन गरेको थियो। 

कार्यक्रम अन्तर्गत गाउँपालिकामा रहेका गर्भवती महिलालाई जनही फुल पार्दै गरेका तीनवटा पोथी कुखुरा, हरियो तरकारीको बीऊ, सरसफाई सामाग्रीका किट बक्स र नगद गरी चार हजार दुई सय ५५  रुपैयाँ बराबरको सामान र नगद वितरण गर्नु पर्नेछ। 

यता गाउँपालिकाको कार्यालयले अण्डा दिइरहेको कुखरा नभइ, कुखुराका साना चल्ला तीनवटा, नगद पाँच सय तथा साग र भिन्डीको बीऊ पाँच–पाँच ग्राम मात्र वितरण गरेको छ। 

पकाहा मैनपुर गाउँपालिकाका स्वास्थ्य संयोजक महेशप्रसाद सिंहका अनु्सार असार मसान्तसम्म संकलन गरिएको तथ्याङ्कमा  गाउँपालिकाको पाँच वटै वडामा गरी गर्भवती महिलाको संख्या तीन सय २९ रहेको छ। 

गर्भवती महिलाको संख्या र कार्यक्रमका लागि आएको १४ लाख ८५ हजार रुपैयाँको बजेटलाई आधार मान्दा, प्रत्येक गर्भवती महिलाले नगद गरी चार हजार दुई सय ५५ रुपैयाँ मूल्यको सामान र नगद पाउनु पर्ने देखिन्छ। तर गाउँपालिकाका कार्यालयले अहिले वितरण गरेका चल्ला, तरकारीको बीऊ र नगद पाँच सय गरी सात सय रुपैयाँ बराबरको मात्र छ। 

कार्यक्रम अन्तर्गत गाउँपालिकामा आएको बजेट गत आर्थिक वर्षमै खर्च गर्नु पर्ने थियो। तर उक्त बजेट, चालु आर्थिक वर्षमा आएर खर्च गरिएको हो। 

कार्यक्रमको बजेटबाट गाउँपालिका कार्यालयले आफ्नै कर्मचारी खटाएर सामान खरिद गरी गर्भवती महिलालाई बाड्नु पर्छ। तर ती सामान बाड्ने ठेक्का कार्यालयका नायब सुब्बा विनोद पाण्डेले लिएका हुन्। गाउँपालिका कार्यालयले पाण्डेको नाममा रकम निकासा गरेपछि पाण्डेले आफूले नै चल्लालगायतका सामान खरिद गरेर गर्भवती महिलालाई दुई दिन अघिदेखि बाँडन सुरु गरेका हुन्।
 
 बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गतको सेवा सुविधा, पकाहा मैनपुर गाउँपालिकामा रहेका सबै गर्भवती महिलाले पनि पाएका छैनन्। वडा नम्बर २ मा ६५ जना गर्भवती महिला रहेपनि गाउँपालिकाले नौ जनालाई मात्र चल्ला, तरकारीको बीऊ र जनही पाँच सय रुपैयाँ बाँडेको छ।

वडा नम्बर १ की स्वास्थ्य स्वंयसेवीका शीवकली देवीले मङगलबार स्वास्थ्य चौकीमा नौजना गर्भवती महिलालाई मात्र चल्ला, तरकारीको बीऊ र जनही नगद पाँच सय रुपैयाँ वितरण भएको जानकारी दिइन्।

‘हाम्रो वाडमा अहिले ६५ जना गर्भवती छन्’, उनले भनिन्, ‘तर नौ जनालाई मात्र चल्ला, तरकारीको बीऊँ र जनही नगद पाँच सय रुपैयाँ बाडिएको छ, अरुलाईपछि दिन्छौं भनेका छन्।’ 

यस्तै वडा नम्बर २ मा ६६ जना गर्भवती महिला रहेकोमा गाउँपालिकाले ३० जनालाई मात्र चल्ला, तरकारीको बीऊ र जनही पाँच सय रुपैयाँ वितरण भएको स्थानीय अगुवा हृदयनाराण कुशवाहाले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.