पहिलो एकदिवसीय खेलमा नेपालले पायो १९० रनको लक्ष्य
काठमाडौं : पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट खेलमा नेपालले १९० रनको लक्ष्य पाएको छ। टस जितेर पहिलो ब्याटिङ गरेको नेदरल्यान्ड्सलाई ४७ ओभर ४ बलमा अलआउट गर्दै नेपालले १९० रनको लक्ष्य पाएको हो।
नेदरल्यान्ड्सलाई ४७ ओभरमै अलआउट गर्न नेपालका लागि पारस खड्का चार र सोमपाल कामी तीन विकेट लिए। करन केसी, सन्दीप लामिछाने र बसन्त रेग्मीले भने एकएक विकेट लिए। नेदरल्यान्ड्सका लागि माइकल रिप्पोनले सर्वाधिक ५१ रन जोडे भने अन्य ब्याट्सम्यान जम्न सकेनन्।