सडक मिचेका घर धमाधम भत्काउँदै पोखरा महानगर

सडक मिचेका  घर धमाधम भत्काउँदै  पोखरा महानगर

पोखरा : पोखरा महानगरले पोखरामा सडक मिचेर बनाइएका घरहरु धमाधमा भत्काउन थालेको छ । चार दशकदेखि घर भत्काउने प्रयास गरिए पनि उक्त क्षेत्रमा घर भत्काउन सकेको थिएन । तर पोखराको व्यस्त चोकका घरमा महानगरले डोजर लगाएपछि सबै चकित परेका छन् । यहाँका घर भत्काउने प्रयास ४० वर्षअघि थालिएपनि जनप्रतिनिधि आएको एक वर्षभित्र सडक चौडा बनाउन सफल भएको हो । 

पोखरा महानगरपालिकाको डोजरले बिहीबार मध्याह्न पोखराको सबैभन्दा व्यस्त बजार महेन्द्रपुल नजिकै पालिखेचोक चौडा पार्न निजी घर भत्काइरहेको छ ।  पोखरा महानगर ४ का वडा अध्यक्ष शंकर बास्तोलाले २ आनाभन्दा कम क्षेत्रफलमा बनेको र नयाँघर बनाउन नमिल्ने ठाउँका ४ घर भत्काइने जानकारी दिए । उनले घरधनीलाई महानगरले मुआब्जा दिएकोसमेत जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.