माैरीपालले फेरिएकाे जीवन

माैरीपालले फेरिएकाे जीवन

बागलुङ : नेपाली समाजमा चर्चित भनाई छ, ‘जसले मह काढ्छ, उसले हात चाट्छ,’ । व्यावसायिक मौरीपालन गरेर जैमिनी नगरपालिका—७ जैदीका मोहराज उपाध्यायलेवर्षाैदेखि मह पनि काँडे, हात पनि चाटे । उनले आफूले मात्र मह खाएनन, देशका साथै विदेशमा पनि मह पठाए, चखाए । महलाई जीवनकै आर्यआर्जनको आधार बनाए । अहिले उनले मौरीपालन व्यवसायबाट वार्षिक लाखौ आम्दानी गर्छन् । उनले उत्पादन गरेको मह विदेशमा समेत माग हुने गरेको छ ।

स्थानीय सेरेना जातको मौरीबाट उत्पादित मह घरबाटै खोसाखोस बिक्री हुने गरेको छ । ‘मह बेच्नका लागि बजारको कुनै समस्या छैन,’ उपाध्यायले भने,‘घरबाटै बिक्री हुन्छ । माग अनुसार उत्पादन गर्न सकेको छैन ।’ उनले उत्पादन गरेको मह उपहार स्वरुप जापान, अमेरिका, बेलायत लगायतका मुलुकमा समेत पुग्ने गरेको छ । ‘यहाँ वनका फलफूलका रसबाट बनेको अर्गानिक मह भएकाले विदेशमा आफन्तहरुलाई पठाउनेहरुले धेरै खोज्ने गरेका छन्,’ उनले थपे ।

२०४५ सालदेखि मौरी पाल्न सुरु गरेका उपाध्यायले २०५२ सालदेखि मौरीपालनलाई व्यवसायका रुपमा अघि बढाएका हुन् । अहिले उनले मौरीबाट वार्षिक १० लाख रुपैयाँ बढिसम्म कमाउछन् । ‘अहिले तीन सय घार मौरी छन्,’ उपाध्यायले भने,‘मह बेचेर वर्षमा १० लाख जति कमाउन गरेको छु ।’ राम्रो सिजन परेको बखत तीन सय घार मौरीबाट वर्षमा १२ क्विन्टल सम्म मह काढ्ने गरेको उपाध्याय बताउँछन् । मौरी सहितको घार बिक्रीबाट वार्षिक अरु चार–पाँच लाख कमाउने गरेको उनको भनाई छ । अहिले मह प्रतिकिलो नौ सय ५० रुपैयाँ देखि एक हजारसम्ममा बिक्री हुने गरेको छ ।

अहिले उपाध्यायले ध्यान मह उत्पादन र घार सहितको मौरी बिक्रीमा केन्द्रित गर्न थालेका छन् । ‘बागलुङ जिल्ला मौरी पालनका लागि निकै महत्वपूर्ण छ, यहाँ मौरी गोलाको माग पनि ज्यादा छ,’ उनी भन्छन्, ‘अहिले घारसहित माहुरी बढी बेच्न थालेको छु । त्यसले गर्दा मह उत्पादन घटेको छ । यो वर्ष एक सय वटा मौरीको गोला सहितको घार बेचें ।’ राम्रो मौसम परेको बेला एउटा घारबाट एक पटकमा ७–८ किलो मह काढ्न सकिन्छ । मौसम अनुकुल भए एउटा घारबाट वर्षमा ८ पटकसम्म मह निकाल्न मिल्ने उपाध्याय बताउँछन् ।

विदेश जाने ध्याउन्नमा लाग्दा ऋण लागेपछि त्यसलाई कसरी चुक्ता गर्ने भनेर समस्याले पिरोल्न थालेपछि उनमा व्यवसायिक सोंच आएको हो । काठमाडौंमा तीन सय रुपैयाँ तिरेर मौरी पालन तालिम लिएपछि व्यवसायिक रुपमा मौरीपालन शुरु गरेको उनले बताए । ‘मौरी पालनका लागि सिप सिक्नु आवश्यक छ, मैले पनि सिकेरै लागेको हुँ,’ उनी भन्छन्,‘सिप सिकेर काम गर्ने यो भने यो भन्दा सजिलो काम अरु छैन । मौरीका लागि सामान्य रेखदेख मात्रै गर्ने हो, सबै काम त मौरीले नै गर्छ त्यसको रक्षा गरेर समय अनुकल मह निकाल्न जान्नुपर्छ ।’ मह बिक्री गरेरै ३० लाख बढीको जग्गा जमिन जोड्न सफल भएको उनले सुनाए । ‘घरखर्च चलाउन समस्या परेको छैन, केही जग्गा जमिन पनि जोडेको छु,’ उपाध्यायले भने । उमेरले हाफ सेन्चुरी हानेको १८ वर्ष पुगसिक्यो । अझै पनि उनीमा जोश र जाँगरको कुनै कमी छैन । माहुरीको घार थपेर एक हजार पु¥याउने उनको लक्ष्य छ । ‘यो क्षेत्र मौरीपालनका लागि निकै अनुकुल छ,’ उनी भन्छन्,‘एक हजार घार मौरी पु¥याउने सोंचमा छु । राङ्खानीमा गएर ठाउँ हेरर आएको छु । चाँडै नै त्यहाँ विस्तार गर्नुपर्ला ।’

उपाध्यायले आफूले मात्र मौरी पाल्दै आएका छैनन्, अरुलाई समेत सिकाउने गरेका छन् । ‘विगतमा जिल्ला कृषि विकास कार्यालयले दिने ४÷५ वटा तालिममा प्रशिक्षक भएर अरुलाई पनि सिकाएको छु, ५०—६० जनालाई मौरी पाल्ने तरिका सिकाएँ,’ उनले भने । मौरी पालनमा व्यवसायिक सफलता पाउँदै गएपछि जिल्ला कृषि विकास कार्यालयबाट थप तालिम लिएर व्यवसाय विस्तार गरेको उनले बताए । मौरी पालनका काममा उनी एक्लै छैनन् । उनको सबै परिवारले काममा साथ दिने गरेका छन् । कान्छो छोराले गाउँमै बसेको उनको काममा सहयोग गरेका छन् । बागलुङ बजारको क्याम्पस चोकमा मौरी पाल्दै आएका जेठो छोरा कोरिया गएपछि बुहारीले सम्हालेकी छिन् ।

क्याम्पसचोकमा पालिएको मौरीबाटै नाति नातिनाको पढाइ खर्चसँगै बजारको बसाइका लागि लाग्ने सबै खर्चहरु त्यसैबाट जोहो हुने गरेको छ । ‘पहिले छोराले हेर्दै आएको थियो, अहिले बुहारीले हेर्छिन् । त्यसैबाट बजारको सबै खर्च चलेको छ, घरबाट पठाउनु पर्दैन,’ उनले भने । उनको पुरै परिवार अहिले अन्य खेतीपाती छोडेर मौरीपालनमा लागेका छन् । अहिलेसम्म सबै गर्दा मौरीपालनमा करिब २० लाख रुपैयाँ लगानी रहेको उनको भनाइ छ । ‘छोराले पनि मलाई साथ दिन थालेपछि छोराको नाममा कृषि विकास कार्यालय बागलुङले ८० हजार अनुदान दिएको थियो,’ उनले भने,‘बाँकी आफ्नै लगानी हो । उनले अहिलेसम्म २० लाख बढि लगानी गरेका छन् ।’ पछिल्लो समय महसंगै मौरीको गोला सहितको घारको समेत माग ह्वात्तै बढेको उनी बताउँछन् । ‘अहिले मौरीपालनमा किसानहरुको आकर्षण निकै बढेको छ,’ उनले भने,‘यो वर्ष मात्र दुई सय जति मौरी सहितको घारको माग थियो, पु¥याउन सकेन, एक सय मात्रै बेच्न सकें ।’

अन्य युवाहरु जस्तै विदेशको सपनाले पछ्याए पनि दुई–तीन वर्ष काठमाडौं धाउदाँ पैसा ठगेर ऋण लाल्यापछि स्थानीय स्तरमै केही गरौ भन्ने सोच आएको उनले बताए । शुरुमा रेशम खेती गर्ने सोच बनाए पनि बुझ्दै जाँदा मौरी पालनका लागि उपयुक्त भएको थाहा पाएपछि मौरी पाल्न थालेको उनले सुनाए । ‘रेशम खेती गरौं भनेर त्यसबारे बुझ्न थालें तर हाम्रो ठाउँमा त्यति उपयुक्त नहुने देखेपछि मौरी पालनतर्फ लागेको हुँ,’ उपाध्याय भन्छन्,‘मौरी पालन सबै कुराले सहज र उपयुक्त छ ।’ जिल्लाको जैदीलाई जिल्ला कृषि विकास कार्यालय बागलुङले यस अघि नै मौरी पालनको ‘पकेट क्षेत्र’ घोषणा गरेको छ । उपाध्याय पकेट क्षेत्रको अध्यक्ष समेत हुन् ।

तस्बिरः व्यावसायिक मौरी पालनमा लागेका स्थानीय मोहराज उपाध्याय ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.