महाकाली नदीमा एक बेपत्ता
दार्चुला : दार्चुला जिल्लाको ब्यास गाउँपालिका- १ बुदिमा महाकाली नदी तर्नेक्रममा एक युवक बेपत्ता भएका छन्। बेपत्ता हुनेमा ब्यास गाउँपालिका- २ स्याँकु बस्ने नन्दु धामीको छोरा अन्दाजी १८ वर्षीय रवी धामी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
बिहीबार बिहान ८ बजेतिर बुदिबाट महाकाली तरेर भारत जाने क्रममा धामी नदीमा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ। घटनाबारे जानकारी पाउँनेबित्तिकै प्रहरी चौकी सितापुलबाट प्रहरी टोली घटनास्थल पुगी खोजी कार्य गरिरहेको जिल्ला प्रहरी प्रमुख डिएसपी नवराज अधिकारीले जानकारी दिए।