जुडो टोली थाइल्यान्ड प्रस्थान

जुडो टोली थाइल्यान्ड प्रस्थान

काठमाडौं : थाइल्यान्ड इन्टरनेसनल जुडो नर्थ बैंकक युनिभर्सिटी च्याम्पियनसिपमा सहभागी हुन १४ सदस्यीय नेपाली जुडो टोली बिहीबार थाइल्यान्डको बैंकक प्रस्थान गरेको छ।

इन्डोनेसियामा हुने १८औं एसियाली खेलकुदको तयारीलाई ध्यानमा राखी बैंकक गएको टोलीमा एसियाडका लागि छनोट भएका सात खेलाडीसहित १० खेलाडीले अगस्ट ४ र ५ मा हुने प्रतियोगितामा नेपालको चुनौती प्रस्तुत गर्नेछन्।

पुरुष ६६ केजीमुनि इन्द्रबहादुर श्रेष्ठ, ७३ केजीमुनि सञ्जित डंगोल, ९० केजीमुनि श्रीराम मकाजू, १०० केजीमाथि रविन श्रेष्ठ, ६० केजीमुनि उमेश मगर र ८१ केजीमुनि सञ्जय महर्जनले प्रतिस्पर्धा गर्नेछन्। यसैगरी महिला ५२ केजीमुनि देविका खड्का, ५७ केजीमुनि मनीता श्रेष्ठ प्रधान, ७८ केजीमुनि पुनम श्रेष्ठ र ४८ केजीमुनि सुमित्रा राईले भाग लिनेछन्। सुमित्रा, उमेश र सञ्जयबाहेक सबै एसियाडमा छनोट भएका खेलाडी हुन्।

एसियाडकै लागि छनोट भएकी १२औं सागकी स्वर्णधारी फुपूल्हामु खत्री भने बैंकक टोलीमा समावेश नहुने नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जानकारी दिए। फुपू एसियाडका साथै टोकियो ओलम्पिकको विशेष तयारीका लागि हाल जापानमा छिन्।

टोलीको प्रशिक्षकमा डान तेलेर्का, चन्द्र डंगोल र देवु थापा तथा व्यवस्थापकमा सुरथकाजी डोटेल रहेका छन्। टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले बिहीबार बिदाइ गरे।

बिदाइ कार्यक्रममा सदस्यसचिव विष्टले इन्डोनेसिया एसियाडमा पदक जित्ने खेलाडीका लागि विशेष पुरस्कारको तयारी परिषद्ले गरिरहेको बताए। ‘एसियाडमा पदक जित्ने खेलाडीलाई सरकारको तर्फबाट पुरस्कृत र सम्मान गर्ने कार्यविधि त छँदै छ। त्यस बाहेकको पुरस्कारका विषयमा पनि हामीले छलफल गरिरहेका छौं’, सदस्यसचिव विष्टले भने।

विष्टले जुडो पदकको आशा गरिएको खेलमा राखिएको बताउँदै खेलाडीलाई उत्कृष्ट प्रदर्शन गर्न शुभकामना दिए।

यसैगरी जुडो संघका अध्यक्ष वज्राचार्यले एसियाड टोलीको वैदेशिक प्रशिक्षण हंगेरीको बुढापेस्टमा हुने बताए। ‘एसियाड जुडो टोलीलाई वैदेशिक प्रशिक्षणका लागि हंगेरीमा लाने तयारीमा छौं। हाम्रो चाहना खेलाडीले त्यहाँ प्रशिक्षणका साथै प्रतियोगितामा पनि सहभागी हुन पाऊन् भन्ने हो। किनकि प्रतियोगिता नै खेलाडीको स्तर मापन गर्ने आधार हो’, अध्यक्ष वज्राचार्यले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.