पर्यटन विकासका पाँच वर्षे कार्ययोजना : रारामा स्तरीय होटल

पर्यटन विकासका पाँच वर्षे कार्ययोजना : रारामा स्तरीय होटल

काठमाडौं : सरकारले कर्णालीको पर्यटन विकासका लागि मुगुको रारा ताल आसपासमा पाँच वर्षभित्र स्तरीय होटल, लज, रेस्टुराँ र पर्यटकीय पूर्वाधार निर्माण गर्ने भएको छ। भौतिक पूर्वाधारमा पछाडि परेको कर्णाली प्रदेशको विकास र प्रचारमा सरकारले निजी क्षेत्रलाई समेत प्रोत्साहन गर्ने गरी काम गर्ने योजना अघि सारेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पाँच वर्षे कार्यायोजना सार्वजनिक गर्दै रारा ताल वरिपरि १० हजार रोपनी क्षेत्रमा पूर्वाधार निर्माण गर्ने घोषणा गरेको हो। पाँच वर्र्षे कार्ययोजना सफल बनाउन संघ, प्रदेश र स्थानीय तहबीच सहकार्य, सूचना आदानप्रदान र एकरुपता आवश्यक पर्ने मन्त्री रवीन्द्र अधिकारीले बताए। मन्त्रालयले तय गरेको पाँच वर्षे कार्ययोजनामा अर्थमन्त्री युवराज खतिवडा, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव, कृषि मन्त्री चक्रपाणि खनाल, प्रदेश मन्त्री, महानगरपालिका प्रतिनिधिबीच छलफल भएको छ।

मन्त्रालयको पाँच वर्षे कार्ययोजनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ क्षमता दुई गुणा वृद्धि गर्ने, नयाँ अन्तर्राष्ट्रिय टर्मिनल भवन र नयाँ विशिष्ट कक्ष निमार्ण गर्ने उल्लेख छ।

अन्तर्राष्ट्रिय टर्मिनल बाहिर रहेको ट्याक्सी÷बस पार्किङ क्षमता बढाउने, विमानस्थल स्तारोन्नति परियोजना सम्पन्न गर्ने, विमानस्थलको रन वे पिच परिर्वतन योजना सम्पन्न गरी २४ घन्टा नै विमानस्थल सञ्चालन गर्ने र नेपालको सम्पूर्ण क्षेत्रको वायुयानलाई राडारको निगरानीमा ल्याउने भएको छ।

विमानस्थलमा बगैंचालगायतको संरचना निर्माण गरिने महŒवकांक्षी योजना मन्त्रालयले अगाडि सारेको छ। गृह र अर्थको सहकार्यमा भन्सार प्रणाली, सुरक्षा प्रणालीलाई आधुनिक बनाउने योजनामा छ।

विमानस्थलभित्रका ड्युटी फ्री पसल तथा अन्य पसललाई व्यवसायी र व्यवस्थित बनाउने मन्त्रालयले जनाएको छ। पर्यटकलाई अनलाइन भिसाको व्यवस्था गर्ने समेत पाँच वर्षे योजनामा उल्लेख छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पाँच वर्षे कार्यायोजना सार्वजनिक गर्दै रारा ताल वरिपरि १० हजार रोपनी क्षेत्रमा पूर्वाधार निर्माण गर्ने घोषणा गरेको छ।

यसैगरी राष्ट्रिय धवजाबाहक नेपाल वायु सेवा निगमको व्यवस्थापकीय सुधारका लागि निगमलाई कम्पनी मोडलमा सञ्चालन गर्ने मन्त्रालयको कार्ययोजनामा उल्लेख छ। यसमा अन्तर्राष्ट्रिय रणनीतिक साझेदार समेत ल्याउने उल्लेख छ। पाँच वर्षभित्र अन्तर्राष्ट्रिय नयाँ गन्तव्यसँग नेपालको सीधा हवाई सेवा सञ्चालन विस्तार गरी चीन, जापान, दक्षिण कोरिया, साउदी अरेबिया, अस्ट्रेलिया, पश्चिम युरोपसम्म पहुँच स्थापना गर्ने मन्त्रालयको पाँच वर्षे योजनामा उल्लेख छ।

साथै, अन्तर्राष्ट्रिय हवाई क्षेत्रको व्यापारमा न्यूनतम ६० प्रतिशत हिस्सा समेटने गरी प्रमुख हवाई कम्पनीका रूपमा नेवानिलाई विकास गरिने भएको छ। नेवानिका सम्पूर्ण विमानलाई पूर्णक्षमतामा सञ्चालन गर्ने र थप दुईवटा न्यारोबडी विमान र दुईवटा वाइडबडी जहाजमार्फत अन्तर्राष्ट्रियस्तरमा एवं थप ६ विमानसहित कम्तीमा १५ वटा आन्तरिक उडानका लागि सञ्चालनमा ल्याउने कार्ययोजनामा उल्लेख छ।

नेपाली मुद्राको बैंक कार्ड र अन्य वालेट सेवा प्रयोग गरी आन्तरिक तथा अतर्राष्ट्रिय दुवैतर्फको अनलाइन टिकट बुकिङको पूर्णरूपमा व्यस्थापन गर्ने।

यसैगरी बाराको निजगढमा निर्माण गरिने निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको पाँच वर्षभित्र ५० प्रतिशत काम सम्पन्न गर्ने कार्ययोजना छ।

दैनिक ८० वटा अन्तर्राष्ट्रिय उडान र दुई सय ६० वटा आन्तरिक उडान गर्ने सक्ने क्षमताको यो विमानस्थ निर्माण हुनेछ। एकवर्ष भित्रै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र तीन वर्षभित्र पोखरा क्षेत्रीय विमानस्थल सञ्चालनमा ल्याउने पाँच वर्षे योजना छ।

यसैगरी स्वर्गद्वारी गुरुयोजना कार्यान्वयन तथा सम्पदाको विकास गर्ने समेत कार्ययोजनामा उल्लेख छ। यस्तैगरी खप्तड क्षेत्रको पर्यटन विकासका लागि निजीक्षेत्रलाई प्रोत्साहन तथा सहुलियत प्रदान गरी निश्चित मापदन्ड बमोजिम पर्यटकीय आवास, होटल, लज, टि हाउस जस्ता पूर्वाधार निर्माण गर्ने योजना छ।

पाथिभरा क्षेत्रलाई विश्वभरका हिन्दु तथा बोद्धमार्गीको महत्वपूर्ण धार्मिक स्थलका रूपमा विकास तथा प्रवद्धन गर्ने गुरुयोजना बमोजिम काम गर्ने, दर्शनार्थीको सुविधाको लागि आवास तथा भोजनगृह, वि श्रामस्थल, स्वास्थ्य सेवा सुविधा, सुरक्षा व्यवस्था जस्ता पक्षको दिगो प्रवद्र्धन गर्ने कार्ययोजनामा उल्लेख छ।

यस्तैगरी हलेसी क्षेत्रमा स्थानीय तह र समुदायसँगको सहकार्य गरी पर्यटकीय धार्मिक र सांस्कृतिक गतिविधि र कार्यक्रम सञ्चालन गर्ने योजना छ।

कार्ययोजनामै नारायणहिटी दरबार संग्रहालयको गुरुयोजना अनुरुप नेपालको विषयवस्तु समेटी संग्रहालयको संरक्षण गर्ने उल्लेख छ। श्रीपेचको सुक्षा सहित प्रदर्शनीमा ल्याउने पनि योजनामा समावेश भएको छ।

प्रत्येक प्रदेशका पर्यटन पूर्वाधार विकास क्षेत्र तोकी विशिष्ठ सांस्कृतिक पहिचान र पर्यटकीय अनुभव हुने पर्यटन प्याकेजको विकास गरिने भएको छ। 

कर्णालीमा मध्यमस्तरको विमानस्थल

सरकारले कर्णाली प्रदेशको उपयुक्त स्थानमा मध्ययमस्तरको जहाज अवतरण गर्न सकिने विमानस्थल निर्माण र स्तरोन्नति गर्ने भएको छ। ताप्लेजुङ, भोजपुर, रामेछाप, खानी डाँडा, ताल्चा, जुफाल विमानस्थलको स्तरोन्नति गर्ने मन्त्रालयको योजना छ। यस्तैगरी राजविराज, लामिडाँडा, थामखर्क, डोटी, साफेवगर विमानस्थलको कालोपत्र गर्ने र धरान, गुदेल (सोलुखुम्बु), जोगिदह (उदयपुर), मदनखोला (हुम्ला) विमानस्थलको निर्माण सम्पन्न गर्ने पनि पाँच वर्षे योजनामा उल्लेख छ। यसैगरी फालगुनानन्द, रेसुंगा र कालीकोट विमानस्थलको धावनमार्ग निर्माण, नारायणपुर वैकल्पिक विमानस्थल निर्माण गरी सञ्चालनमा ल्याउने र अर्घाभगवती विमानस्थलको निर्माण पनि सम्पन्न गर्ने पाँच वर्षे योजनामा उल्लेख छ। सबै स्थानीय तहमा हेलिप्याड सञ्चालनमा ल्याउने र हेलिकोप्टर लगायतको चार्टर उडानको भाडा तय गर्ने कार्ययोजनामा उल्लेख छ। 

नीतिगत सुधार

पर्यटन नीति, हवाई नीति तथा संस्कृति नीतिको परिमार्जन गरी लागू गर्ने, प्रतिलिपि अधिकार संरक्षण तथा रोयल्टी वितरणसम्बन्धी नीति तर्जुमा गरी लागू गर्ने पाँच वर्षे कार्ययोजनामा छ। यसैगरी पर्यटन ऐन २०३५, नेपाल पर्यटन बोर्ड ऐन २०५३, नागरिक उड्डयन ऐन २०५३ पुनरवलोकन गरी एकीकृत नागरिक उड्डयन निर्माण गरिनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.