ठेकेदारकै कारण दर्जनाैं योजना अलपत्र
![ठेकेदारकै कारण दर्जनाैं योजना अलपत्र](https://annapurnapost.prixacdn.net/media/albums/katuwa-khola-pul_20180803032641_yEa1Py7dEk.jpg)
तुलसीपुर : निर्माणको जिम्मा लिएर पूरै काम गर्न नसकेको भन्दै प्रशासनले दाङका दुई निर्माण व्यवसायीलाई असारमा नियन्त्रणमा लिएर असारमै काम सक्ने सर्तमा छाडिदियो । असारसम्म निर्माण सक्ने भन्दै छुटेका ती व्यवसायी अहिले सम्पर्कविहीन छन् ।
न एक इन्च काम अगाडि बढाए न प्रशासन वा अरू निकायले कारवाही ग¥यो । गृहमन्त्री रामबहादुर थापाको निर्देशनमा निर्माण ढिलासुस्ती गर्ने र लापरवाही गर्ने ठेकेदारलाई पक्राउ गरि कारवाही गर्ने निर्देशनले पनि कुनै प्रभाव परेन । योजनाको जिम्मा लिएका ठेकेदारले समयमै काम नगर्दा दाङका दर्जनौं योजना अलपत्र परेका छन् । १८ महिनाको समयसीमा तोकेर निमार्ण सुरु गरिएका पुल र सडक चार वर्षसम्म पनि पूरा हुन सकेका छैनन् । निर्माण कम्पनीको लापरवाही र अटेरीका कारण निर्माण अधुरै रहेको सडक कार्यालयले बताउँदै आएको छ । समयमै निर्माण सम्पन्न नहुँदा नागरिकहरूले समेत सास्ती भोग्नु परिरहेको छ । काम लगातार नहुँदा बनेका संरचनासमेत जीर्ण बन्दै गएका छन् । पुलका लागि खोलामा गाडिएका छडमा खिया लागे का छन् । सडक धुलो र हिलोले पो तिएको छ । सडकमा गाडी हिँड्दा पै दलयात्रुहरू सडक छाडेर भाग्नुपर्ने अवस्था छ । तर निर्माणको काममा चार वर्षसम्म कसैको चासो देखिएको छैन ।
आर्थिक वर्ष ०७०÷७१ देखि निर्माण सुरु भएका घोराही, तुलसीपुरको बजार क्षेत्रको सडक र विभिन्न १८ वटा नदी तथा खोलामा निर्माण हुन लागेका २७ पुलको पटकपटक म्याद थप्दै ०७४ कात्तिकसम्म अन्तिम मिति तोकिएको थियो । पछि बढाएर ०७५ असारसमम पु¥याइयो । तर त्यो मिति गुज्रिसक्दा पनि निर्माणको काम भने ५० प्रतिशत पनि भएको छैन । ठेकेदार कम्पनीहरूको लापरवाहीका कारण निर्माणको काम सुस्ताएको सडक डिभिजन कार्यालयले जनाएको छ । कार्यालयका इन्जिनियर शेखर योगीले निर्माण कम्पनीहरूका कारण पुल र सडक अलपत्र परेको बताए । ‘कामलाई तीव्रता दिन कैयौं पटक लिखित तथा मौ खिक निदेर् शन गरेको भए पनि निर्दे शनलाई ठेकेदारहरूले अटेरी गरेको र समयमा काम पनि नगरेको उनले बताए ।
तुलसीपुर र घोराहीमा निर्माण थालेको चार लेन सडक र कटुवाखोला पुल, गुजेर् , बबई र संक्राम खोला पुल निर्माणमा लापरवाही हुँदा निर्माणमा असर परेको उनले बताए । तुलसीपुर र घोराहीका फोर लेन सडक अढाई वर्षअघि नै निर्माण सम्पन्न हुनुपर्नेमा पूरै सहर हिलाम्य र धुलाम्य भएको छ । लापरवाहीका कारण पानी पर्दा हिलो र घाम लाग्दा धुलोले सास्ती दिइरहेको स्थानीयहरूले बताएका छन् ।
हात्ती खौवादेखि वीरेन्द्र चोकसम्मको ९ सय मिटर सडक निर्माणका लागि चार करोड ५५ लाख बजेट विनियोजन गरिएको छ । त्यसको ५० प्रतिशत मात्रै काम पूरा भएको छ । उनले यो वर्ष निर्माणको म्याद थप नहुने सम्भावना बढेको बताए । जिल्लामा झण्डै सवा अर्ब बराबरका २७ वटा पुल र दुई सडकको काम सुरु भएको थियो ।
प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले छिटो काम सञ्चालन गर्न निर्माण व्यवसायीलाई नियन्त्रणमा लिएर निर्देशन दिएको भए पनि काम पूरा हुन नसकेको बताए । ‘मन्त्रालयले थप निर्देशन दिएको छैन, हामीले भन्दा पनि सम्बन्धित कार्यालयले खबरदारी गर्नुपर्छ’, उनले भने ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)