एकजना वडाअध्यक्षले एक वर्षमा के के गरे ?

एकजना वडाअध्यक्षले एक वर्षमा के के गरे ?

राजविराज : विकासको बाधक भ्रष्टाचार र कमिशनतन्त्र मौलाएको सप्तरीमा पहिलोपटक एकजना वडा अध्यक्षले एक वर्षमा गरिएका कामको विवरण सार्वजनिक गरेका छन् ।

वडा कार्यालयमा पत्रकार सम्मेलन गरेर खडक नगरपालिका–५ का अध्यक्ष विजयकुमार साहले गत वर्षको खर्च विवरणका तथा आर्थिक वर्ष २०७५/०७६ को अनुमानित बजेटबारे पनि जानकारी दिए ।

उनले कामको विवरणबारे जानकारी मात्रै दिएनन्, अनुगमन गर्नसमेत पत्रकारहरुलाई आग्रह गरे । आर्थिक वर्ष २०७४/०७५ मा विभिन्न शीर्षकमा वडा नम्बर ५ मा एक करोड ६ लाख ९० हजार खर्च भएको जानकारी उनले दिए । 

चार दशकदेखि खोल्न नसकिएको खरचुइया कुशमहारदेखि पूर्व खत्वे टोलको बाटो सुचारु गरेकोमा उपस्थित गाउँलेले समेत वडा अध्यक्षको प्रशंसा गरे । साढे आठ लाख रुपैयाँ लागतको माटो ग्राभेल गरी पाँच सय मिटरको नयाँ बाटो खोलेपछि तीन किलोमिटर घुमेर जानु पर्ने खत्वे टोल अब पाँच मिनेटमै पुग्ने गरेको स्थानीय डोमनीदेबी मण्डलले बताइन् ।

कार्यक्रममा उपस्थित २ नम्बर प्रदेशसभाका सदस्य गोविन्द न्यौपानेले कमिशनतन्त्रको अन्त्य नभएसम्म विकास निर्माणले गति लिन नसक्ने भन्दै त्यसका लागि राजनीतिज्ञ, पत्रकार र बुद्धिजिवीसहित जिल्लाबासीले विद्रोह गर्नुपर्नेमा जोड दिए ।

त्यसैगरी अर्का प्रदेशसभा सदस्य रुवी कर्णले सबै जनप्रतिनिधिहरुले गर्ने हरेक काम खडक नगरपालिका–५ झैँ पारदर्शी बनेर भ्रष्टाचार अन्त्य गर्नुपर्नेमा जोड दिइन् । 

आर्थिक वर्ष २०७५/०७६ मा भौतिक पूर्वाधारतर्फ २४ लाख, कृषि विकासतर्फ पाँच लाख, महिलातर्फ तीन लाख, बालबालिकातर्फ दुई लाख ५० हजार, लक्षित समूहतर्फ दुई लाख ५० हजार र संस्थागत विकासतर्फ तीन लाखको अनुमानित बजेटठसमेत वडाअध्यक्ष साहले सार्वजनिक गरे ।

खत्वे टोल जाने नयाँ बाटो ।  तस्बिर: अन्नपूर्ण
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.