दुई मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

दुई मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

काठमाडौं : शुक्रबार दुई मन्त्री र एक राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।  राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकाल र भूमि व्यवस्थापन, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्यालले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्। 

ढकाल मोरङ र अर्याल स्याङ्जाबाट निर्वाचित नेकपाका सांसद हुन्। विवादास्पद अभिव्यक्तिपछि तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङले पदबाट राजीनामा दिएपछि कानुन मन्त्रालय खाली थियो। उता स्वास्थ्य राज्यमन्त्री रहेकी अर्याल भने मन्त्री बनेकी हुन्। 

शुक्रबार नै राष्ट्रपति भण्डारीको उपस्थितिमा प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवलाई पद तथा गोपनीयताको शपथ गराएका छन्। 

अब मन्त्रिपरिषद २२ सदस्यीय बनेको छ। ओली सरकारमा तीन राज्यमन्त्री छन्। मन्त्रिपरिषद्मा  नेकपा र सङ्घीय समाजवादी फोरम नेपाल सहभागी छन्। 

शपथ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्वप्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, संघीय संसद्का सभामुख कृष्णबहादुर महरा, मन्त्री, संवैधानिक निकायका प्रमुख, मुख्य सचिवलगायत उच्च पदस्थ अधिकृतको उपस्थिति थियो। ओली सरकार ०७४ फागुन ३ गते गठन भएको हो। यसअघि फागुन १४, चैत २ र जेठ १८ गते मन्त्रिपरिषद विस्तार भएको थियो। यो पाँचौ पटकको विस्तार हो।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.