दोस्रो बलमा सोमपालले लिए नेदरल्यान्ड्सको पहिलो विकेट

दोस्रो बलमा सोमपालले लिए नेदरल्यान्ड्सको पहिलो विकेट

काठमाडौं : एक दिवसीय अन्तराष्ट्रिय क्रिकेटको दोस्रो खेलमा सोमपाल कामीले दोस्रो बलमै नेदरल्यान्ड्सको पहिलो विकेट लिएका छन्। नेपालले दिएको २१७ रनको चुनौती पछ्याइरहेको नेदरल्यान्डसको पहिलो विकेट सुरुमै लिएर सोमपालले दबाब दिएका हुन्। 

पहिलो ब्याटिङ गरेको नेपालका लागि सोमपाल कामीले नै सर्वाधिक ६१ रन बनाएका थिए। उनले ४६ बलमा तीन छक्का र पाँच चौकाको मद्दतमा ६१ रन जोडेका हुन्। 

त्यसैगरी नेपालका लागि कप्तान पारस खड्काले अर्धशतक पूरा गरे। खड्काले ६९ बलमा दुई छक्का ६ चौकाको मद्दतमा ५१ रन बनाए। 

उपकप्तान ज्ञानेन्द्र मल्ल ४२ बलमा १३ रन बनाएर आउट भए भने सुवास खकुरेल ३३ बलमा १९ रन बनाएर आउट भए। अनिल शाह ६ बलमा चार रन जोड्दै आउट हुँदा दीपेन्द्रसिंह ऐरी १७ बलमा १९ रन बनाएर आउट भए। 

रोहित पौडेलले १५ बलमा ६ रन बनाए भने आरिफ शेखले ४६ बलमा १६ रनमात्र जोडे। बसन्त रेग्मीले ९ बलमा एक रन जोडे भने सन्दीप लामिछानेले २२ बलमा ८ रन मात्र बनाएर अन्तिम विकेटको रुपमा आउट भए। नेपालले ४८।५ बलमा अन्तिम विकेट गुमाउँदा नेपालले २१६ रन बनाएको हो।

अघिल्लो खेल नेदरल्यान्ड्सले जितेकाले यो खेल जित्नैपर्ने दबामा नेपालमाथि छ। अघिल्लो खेलमा पराजित भएको नेपाल दुई खेलको शृङ्खलामा १-० ले पछाडि छ। पहिलो खेलमा नेदरल्यान्ड्सले दिएको १९० रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ५५ रनले पराजित भएको थियो। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.