एक दिवसीयमा नेपालले जितको इतिहास रच्दा (फोटो फिचर)

एक दिवसीयमा नेपालले जितको इतिहास रच्दा (फोटो फिचर)

काठमाडौँः एक दिवसीय क्रिकेटमा पनि नेपालले जितको इतिहास बनाएको छ । एक दिवसीको डेब्यु खेलमा नेदरल्यान्ड्ससँग पराजित भएको नेपालले दोस्रो खेलमा उसैलाई हराउँदै जितको इतिहास बनाएको हो । 

नेदरल्यान्ड्सविरुद्ध एक रनको रोमाञ्चक जित निकाल्ने क्रममा कप्तान पारस खड्का अन्तिम समयमा नायक सावित भए । अन्तिम ओभर बलिङ गरेका पारसले अन्तिम बलमा दुई रन चाहिने अवस्थामा नेदरल्यान्ड्सको दशौँ विकेट लिँदै नतिजा नेपालको पक्षमा पार्न सफल भएका हुन् । 

आजको खेलमा नेपाललाई जिताउने क्रममा ब्याटिङतर्फ पनि पारस चम्किए । उनले ५१ रन बनाउँदै अर्धशतक पुरा गरे भने सातौँ क्रममा आएका सोमपाल कामीले सम्हालिएर खेल्दै ४६ बलमा ६१ रनको शानदार पारी खेले 

बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले १० ओभर खेल्दै सर्वाधिक ३ विकेट लिए । अर्कातिर ललित भण्डारीले पनि ९ विकेट बलिङ गर्दै २ विकेट लिए । पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग उसैको घरेलु मैदानमा पराजित भएको थियो । यो जितसँगै नेपालले सिरिजमा पनि बराबरी गरेको छ । 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.