क्लब फर्किन थाले खेलाडी

क्लब फर्किन थाले खेलाडी

लन्डन : रुस विश्वकप सकिएपछि युरोपेली क्लब फुटबलको सिजन सुरु हुनै लागेको छ । यद्यपि विश्वकप सकेर घर फर्किएका कतिपय खेलाडी अझै परिवार र साथीभाइसँग बिदा मनाइरहेका छन् भने केही खेलाडी भर्खरै आफ्नो क्लब फर्किएका छन् ।

विशेष गरी रुस विश्वकपको अन्तिम चरणको प्रतिस्पर्धामा सहभागी भएका देशका खेलाडीहरू अझै बिदामा छन् । रुस विश्वकपको ट्रफी लिएर घर फर्किएका फ्रान्सेली खेलाडीहरू अझै पनि बिदामा छन् । उनीहरूलाई क्लबले समेत केही समयका लागि छुट्टी दिएको छ । नयाँ सिजनको तयारीस्वरूप ‘प्री सिजन’ भ्रमणमा निस्किएको म्यानचेस्टर युनाइटेडले आफ्ना महŒवपूर्ण खेलाडी पल पोग्बालाई केही समयका लागि बिदा दिएको छ । यस्तै फ्रान्ससँग पराजित भएपछि उपविजेता बनेको क्रोएसियाका खेलाडीहरू पनि अझै केही समय छुट्टीमा हुनेछन् ।

आफ्नो टोली प्रतियोगिताको अघिल्लो चरणबाटै बाहिरिएपछि फुर्सदिला बनेका पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोले यही समयको सदुपयोग गर्दै युभेन्टससँग अनुबन्धको नयाँ सम्झौता गरेका छन् । स्पेनिस ला लिगा क्लब रियल म्याड्रिडसँगको नौ वर्षको यात्रा टुंग्याउँदै रोनाल्डोले युभेन्टससँग आगामी चार वर्षको सम्झौता गरेका हुन् । युभेन्टस त्यो क्लब हो जहाँ अर्जेन्टिनी महान् फुटबलर डिएगो म्याराडोनाले पनि आफ्नो सक्रिय खेल जीवनको अन्तिम केही समय बिताएका थिए । रोनाल्डो नयाँ सिजनको तयारीका लागि यसअघि नै युभेन्टस पुगिसकेका छन् ।

आफ्नो टोली अर्जेन्टिना रुस विश्वकपको प्रिक्वार्टरफाइनलभन्दा माथि जान नसकेपछि घर फर्किएका लियोनल मेसी पनि आफ्नी        श्रीमती एन्टोनेला रोक्कुजो र नानीहरूसँग बिदा मनाएर हालै मात्र बार्सिलोना फर्किएका छन् ।

ब्राजिलियन स्ट्राइकर नेमार हालै मात्र आफ्नो क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) फर्किएका छन् । नयाँ सिजनका लागि पीएसजी छाडेर स्पेनिस क्लब रियल म्याड्रिड जाने चर्चा चलिरहेका बेला नेमारले यो सिजन आफू फ्रान्सेली राजधानीकै क्लबसँग रहने बताएका छन् । क्लब सिजन सुरु भएपछि खेलाडीहरू निरन्तर आफ्नो खेलमा केन्द्रित हुनुपर्ने भएकाले उनीहरू क्लब फर्कनुअघि केही समय आफ्नो परिवार र प्रेमिकासँग बिताउन चाहन्छन् ।

त्यसमा क्लबहरूले पनि खेलाडीको व्यस्ततालाई हेरेर बिदा दिने गर्छन् । घरेलु लिगसँगै युरोपेली क्लब प्रतियोगितामा टोली अघि बढ्दै जाँदा खेलाडीहरूले लामो समय आफ्नो परिवारका सदस्य भेट्न वा बिदा मनाउन पाउँदैनन् । त्यसैले पनि उनीहरूका लागि सिजन सुरु हुनुभन्दा अघिको यो समय परिवार र आफ्ना प्रियजनसँग रमाइलो गरी मनाउने अवसरका रूपमा समेत रहने गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.