सामुदायिक विद्यालयलाई कम्प्युटर सहयोग

सामुदायिक विद्यालयलाई कम्प्युटर सहयोग

भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका ३ बालकोटस्थित श्यामबहादुर कार्की स्मृति प्रतिष्ठानले यहाँका सामुदायिक विद्यालयलाई कम्प्युटर र विद्यार्थीलाई स्कुल झोला तथा स्टेशनरी सामग्री सहयोग गरेको छ।

स्व. कार्कीको ११ औं स्मृति दिवसको अवसरमा शनिबार साविक बालकोट गाविसका चार वटा सामुदायिक विद्यालयलाई उक्त सहयोग हस्तान्तरण गरिएको हो।

प्रतिष्ठानले महेन्द्र शान्ति माविलाई दुई थान कम्प्युटर सहयोग गरेको छ। त्यस्तै गणेश आधारभूत विद्यालयका ७३, बाल विनायक आधारभूत विद्यालयका ६७ र बालकोट आधारभूत विद्यालयका १३ गरी एकसय ५३ विद्यार्थीलाई एकएक थान स्कुल झोलासँगै कापी, कलमलगायतको स्टेशनरी सामग्री वितरण गरिएको हो।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य गगन थापाले उक्त सहयोग हस्तान्तरण गर्दै सबै मिलेर सामुदायिक विद्यालयको शैक्षिक स्तर उकास्नुपर्नेमा जोड दिए।

वेवारिसे लासको सदगद गर्दै आएका बालकोटका विनयजंग बस्नेत र रक्तदानको क्षेत्रमा उल्लेख्य योगदान गर्दै आएका बालकोटकै दीपशे श्रेष्ठलाई समेत सम्मान गर्दै पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेको सांसद थापाले समाजसेवा पैसामा तौलिन थालेको बताए।

कार्यक्रममा नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापा, पूर्वसभापति गणेशमान चक्रधर, पूर्वसांसद लेखनाथ न्यौपानेलगायतले मुलुक र लोकतन्त्र खतरामा रहेको बताए। उनीहरुले कम्युनिष्ट सरकारको नाउँमा मुलुकमा अधिनायववादी र जनविरोधी गतिविधि बढेको धारणा राखे।

प्रतिष्ठानले सामुदायिक विद्यालयलाई सहयोगसँगै खुला रक्तदान गरेको छ। प्रतिष्ठान स्थापनादेखि नै रक्तदान गर्दै आएको प्रतिष्ठानका अध्यक्ष विष्णुराज कार्कीले जानकारी दिए।

उनले सामुदायिक विद्यालयमा विद्यार्थीहरुको आकर्षण बढाउन र सुविधासम्पन बनाउन उक्त सहयोग गरिएको सुनाए। विष्णुराजका पिता स्व. श्यामबहादुर साविक बालकोट गाविसका पूर्वअध्यक्षसमेत थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.