नेपाल-भारत व्यापार समस्या तत्काल समाधान हुन्छ : प्रधानमन्त्री ओली

नेपाल-भारत व्यापार समस्या तत्काल समाधान हुन्छ : प्रधानमन्त्री ओली

आपूर्ति मन्त्रालयका सहसचिवको नेतृत्वमा टोली भारत जाने

काठमाडौं : प्रधानमन्त्री  केपीशर्मा ओलीले नेपाल भारत व्यापारमा देखिएको समस्यालाई तत्काल समाधान गर्ने बताएका छन्। व्यापारमा देखिएका असमझदारी हटाउन उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयका सहसचिवको नेतृत्वमा एक टोलीलाई  भारत तत्काल  पठाउने तयारी भएको प्रधानमन्त्रीको भनाइ छ। उद्योग संगठन मोरङले शनिबार प्रधानमन्त्री निवास बालुवटारमा गरेको अन्तरक्रियामा बोल्दै प्रधानमन्त्री ओलीले यो कुरा बताएका हुन्।  

सँगै प्रधानमन्त्री ओलीले विमस्टेक सम्मेलनमा नेपाल आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग समेत यो विषयमा कुरा हुने बताए।  ‘विमस्टेकमा आएका राष्ट्रप्रमुखसँग सामूहिक रुपमा र व्यक्तिगत रुपमा पनि हाम्रा व्यापारका समस्या समधानका लागि हामी कुरा गर्र्छौं’, प्रधानमन्त्री ओलीले भने। 

ओलीले उद्यमी र सरकार मिलेर नेपालको परिचय बदल्नु पर्नेमा जोड दिए। ‘नेपाललाई आयातकर्ताबाट निर्यातकर्तामा, गरिब सम्पन्न नेपालमा, पछौटेपनबाट आधुनिक नेपालमा, बेरोजगार नेपालबाट रोजगारयुक्त नेपालमा बदल्नु पर्दछ’, प्रधानमन्त्री ओलीले भने

प्रधानमन्त्री ओलीले अहिलेको बढ्दो व्यापार घाटालाई कम गर्नु पर्ने, व्यापार सन्तुलन कायम गर्नुपर्ने र समग्र आर्थिक  अवस्था परिवर्तन गर्नुपर्ने धारणा राखेका छन्। ‘हामी आर्थिक परिर्वतन त भनिरहेका छौं तर त्यो बाटोमा छैनौ’, उनले भने, ‘सरकार र उद्यमीको संयुक्त प्रयासबाट आर्थिक परिवर्तनको बाटो तय गर्नुपर्दछ। यसमा कृषिलाई पनि जोड्नु पर्छ।’

व्यवसायीसँगको छलफलमा ओलीले उद्योगको स्थापना र सञ्चालनका लागि सरकारले सकेसम्म सहुलियत दिने प्रतिवद्धतासमेत व्यक्त गरेका छन्। सरकारले दोहोरो कर नलिने उनको भनाइ छ। व्यवसायीले कर वृद्धिको विषयमा गुनासो गरेपछि ओलीले यस्तो बताएका हुन्। उनले कतै लिएको भए दोहोरो करको व्यवस्था हटाउने बताए।

कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले नेपालको व्यापार सन्तुलनका लागि सरकारले गर्नुपर्ने तत्कालीन र दीर्घकालीन कामका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै मन्त्री र सचिवको उपस्थिति थियो। 
  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.