धेरै कर तिर्नेमा एनसेल

धेरै कर तिर्नेमा एनसेल

काठमाडौं : गत आर्थिक वर्ष सबैभन्दा धेरै कर निजी दूरसञ्चार कम्पनी एनसेलले तिरेको छ । आर्थिक वर्ष २०७४/०७५ मा एनसेलले सरकारलाई १४ अर्ब ७१ करोड रुपैयाँ कर तिरेको छ । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकम नौ अर्ब ९६ करोड तिरेर दोस्रो धेरै कर तिर्ने कम्पनी बनेको छ । आर्थिक वर्ष २०७४÷७५ मा ठूला करदाता कार्यालयले एक खर्ब ४८ अर्ब ७५ करोड कर संकलन गरेकामा यी दुई कम्पनी क्रमसः पहिलो र दोस्रो धेरै तिर्नेमा सूचीकृत भएका हुन् । आव २०७३÷०७४ मा पनि सबैभन्दा बढी कर एनसेले नै तिरेको थियो । त्यस वर्ष एनसेलले १४ अर्ब ५८ करोड रुपैयाँ कर तिरेको थियो । यसैगरी अघिल्लो आवमा नेपाल टेलिकमले १३ अर्ब ४८ करोड कर तिरेको थियो । गत वर्ष टेलिकमको करमा भने ठूलो गिरावट आएको छ । ठूला करदाता कार्यालयका प्रमुख कर प्रशासक धनिराम शर्माले ठूला करदाता कार्यालयमा दाखिला गरिएको करका आधारमा एनसेल पहिलो र नेपाल टेलिकम भएको जानकारी दिए ।

गत आवमा उत्पादनमूलक उद्योगतर्फ सबैभन्दा धेरै कर तिर्नेमा सूर्य नेपाल छ । सूर्य नेपालले आठ अर्ब २७ करोड रुपैयाँ कर बुझाएको छ । सूर्य नेपालले अघिल्लो आवमा १४ अर्ब नौ करोड कर तिरेको थियो । त्यसरी नै गोरखा ब्रुअरी बढी कर तिर्नेमा चौथो स्थान ओगट्न सफल भएको छ । यसले गत आवमा पाँच अर्ब तीन करोड राजस्व सरकारलाई बुझाएको छ । स्वचालित मूल्य प्रणालीमा गएपछि नाफा कमाएर ठूलो संस्थान बनेको नेपाल आयल निगमले पनि गएको आवमा सरकारलाई दुई अर्ब २९ करोड कर तिरेकोे छ ।

सेवा प्रदायक र उत्पादनमूलक उद्योगपछि सबैभन्दा धेरै कर तिर्नेमा निजी वित्तीय संस्था नबिल बैंक परेको छ । बैंकले गएको आवमा दुई अर्ब ६७ करोड राजस्व तिरेको छ । वित्तीय क्षेत्रमा बढी राजस्व तिरेर नेपाल इन्भेस्टमेन्ट बैंक दोस्रो, एभरेस्ट बैंक तेस्रो, कृषि विकास बैंक चौथो र हिमालय बैंक पाँचौं नम्बरमा परेका छन् ।

ठूला करदाताले आयकर र मूल्य अभिवृद्धि करमात्रै संकलन गर्दछ । अन्तःशुल्कबापत संकलन हुने राजस्व कार्यालयले संकलन नगर्ने भएकाले यसमा उत्पादनमूलक कम्पनीले तिरको अन्तःशुल्कको रकम थपिएपछि हालको सूचीमा तलमाथि पर्न सक्ने प्रमुख कर प्रशासक शर्माले बताए ।

सेवातर्फ २५ करोड र सेवा उद्योगबाहेक ४० करोडभन्दा बढी काराेबार तिर्ने करदाताले ठूला करदाता कार्यालयमा राजस्व दाखिला गर्नुपर्ने व्यवस्था छ । हाल कार्यालयमा एक हजार दुई सय २८ करदाता छन् । सरकारले गत आवमा सात खर्ब ३१ अर्ब ३७ करोड राजस्व संकलन गरेको थियो ।

धेरै राजस्व तिर्ने १० करदाता

एनसेल: १४ अर्ब ७१ करोड

नेपाल टेलिकम: ९ अर्ब ९६ करोड

सूर्य नेपाल: ८ अर्ब २७ करोड

गोर्खा ब्रुअरी: ५ अर्ब ३ करोड

एभरेस्ट बैंक: २ अर्ब ८७ करोड

नविल बैंक: २ अर्ब ६७ करोड

नेपाल इन्भेस्टमेन्ट बैंक: २ अर्ब ४६ करोड

नेपाल आयल निगम: २ अर्ब २९ करोड

कृषि विकास बैंक: १ अर्ब ७८ करोड

हिमालय बैंक: १ अर्ब ७१ करोड

स्रोत: ठूला करदाता कार्यालय


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.