साँगाको सुुरुङमार्ग जाइकाले बनाउने

साँगाको सुुरुङमार्ग जाइकाले बनाउने

काठमाडौं : भक्तपुुरको साँगामा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले सुुरुङमार्ग बनाइ दिने भएको छ। नागढुुंगामा सुुरुङमार्ग बनाउन अन्तिम तयारी गरिरहेको जाइकाले साँगामा पनि बनाउन लागेको हो।

सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखा प्रमुुख सञ्जय श्रेष्ठले नागढुंगा सुुरुङमार्गको फाइल जाइकाले अध्ययन गरेर फिर्ता दिने अन्तिम तयारीमा पुगेको बताए। उनले भने, ‘अबको दुुई साताभित्रै सुुरुङमार्ग बनाउन चाहने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीका लागि सार्वजनिक प्रस्ताव माग गर्ने तयारी भएको छ।’ यो सुुरुङमार्ग सकेर जाइका साँगा जाने भएको हो।

महाशाखाले समयको बचत र छिटो अयोजना अगाडि बढाउन प्राविधिक र आर्थिक प्रस्ताव एकैपटक माग गर्ने भएको छ। जुुन कम्पनी प्राविधिक रूपमा छनोट हुुन्छन्, उसैको मात्र आर्थिक प्रस्ताव खोलिने पनि उनको भनाइ छ। नागढुंगामा बनाइने सुुरुङमार्गका लागि जाइकाले ऋण लगानी गरेको छ। यो मार्गमा पर्ने घरजग्गाको नेपाल सरकारले मुुआब्जा दिएर साइट क्लियर गर्नुपर्नेछ। काठमाडौंतर्फको दुई सय ६७ रोपनीमा हालसम्म ६३ जनाले करिब ७० करोड मुुआब्जा पाएका छन्। चालु आवका लागि सरकारले थप ९५ करोड रुपैयाँ पनि विनियोजन गरिसकेको छ। महाशाखाले एक सय ६० जनाको फाइल तयार पारेको छ। सुरुङमार्गका लागि काठमाडौंतर्फको मुुआब्जा वितरण सकेर धादिङतर्फको धुुनिवेसी नगरपालिकामा पर्ने एक सय नौ रोपनी जग्गाको स्थानीय बासिन्दालाई मुुआब्जा वितरण गरिनेछ। आगामी ६ महिनाभित्र सबै काम सकेर ठेक्का लागिसक्ने र ठेकेदार परिचालन हुुने दाबी विभागको छ।

नेपालकै पहिलो सडक सुुरुङमार्ग बनाउन जाइकाले करिब १७ अर्ब रुपैयाँ सहुुलियत ऋण सहयोग नेपाललाई दिएको छ। नेपालले मुुआब्जासहतिको काममा करिब तीन अर्ब रुपैयाँ लगानी गरेर २.७ किमिको यो सुुरुङमार्ग बनाउने प्रक्रिया अगाडि बढाएको छ। जापानले यो सुुरुङमार्गका लागि ०.१ प्रतिशत सहुुलियन ब्याजदरमा ऋण सहयोग गरेको हो। नेपालले यो ऋण ४० वर्षभित्र तिर्नुुपर्ने शर्त छ।


नागढुुंगामा सुुरुङमार्ग बनाउन अन्तिम तयारी गरिरहेको जाइकाले साँगामा पनि बनाउन लागेको हो।

सुुरुङमार्ग निर्माण गर्न जाइकासँगको समन्वयमा तोकिएको समय तालिका अनुुसार काम भइरहेको छ। सन् २०१९ को जनावरीबाट काम सुुरु गरेर सन् २०२१ भित्रै निर्माण सक्ने गरी समयतालिका तय गरेको छ। सोही तालिकाअनुुसार काम भइरहेको छ।

यो सुुरुङमार्ग निर्माण गर्न काठमाडौंतर्फको जग्गाका लागि सरकारले न्यूनतम प्रतिआना ९ लाखदेखि ४२ लाख रुपैयाँसम्मको मुुआब्जा निर्धारण गरेको छ। यो मुुआब्जाअनुुसार त्रिभुुवन राजपथसँग जोडिएको जग्गा दुुई कित्ता मात्रै छ। यस्तो जग्गा बढीमा १० आनासम्म रहेको पनि विभागले बताएको छ।

विभागले गरेको जग्गाको वर्गीकरण तथा मूल्यांकन दररेटअनुुसार राजमार्गले छोएको जग्गाको प्रतिआना ४२ लाख रुपैयाँ, मूल पक्की सडकले छोएको जग्गाको प्रतिआना २१ लाख रुपैयाँ तथा अन्य सहायक पक्की सडकले छोएको जग्गाको प्रतिआना १९ लाख रुपैया मुुआब्जा दिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.