भेनेजुएलाका राष्ट्रपतिमाथि ड्रोन आक्रमण, यसरी बचाए सैनिकले

भेनेजुएलाका राष्ट्रपतिमाथि ड्रोन आक्रमण, यसरी बचाए सैनिकले

एजेन्सी : ल्याटिन अमेरिकी राष्ट्र भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोमाथि ड्रोन आक्रमण भएको छ । अन्तराष्ट्रिय सञ्चार माध्यामहरुमा आएका खबर अनुसार शनिबार राजधानी काराकासमा आयोजित एक सभालाई सम्बोधन गर्दै गरेका राष्ट्रपति मादुरोमाथि ड्रोन आक्रमण भएको हो । 

ड्रोन आक्रमणबाट मादुरो सुरक्षित रहेको र उनको सुरक्षार्थ खटिएका ७ सैनिक घाइते भएको भेनेजुयलाका सूचनामन्त्री जर्ज रोड्रिगेजलाई उद्धृत गर्दै खबर दिइएको छ ।  खबर अनुसार राष्ट्रपति मादुरोले सेनाको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गरिरहेका थिए ।

उनको भाषणलाई सरकारी टेलिभिजन र रेडियोले प्रत्यक्ष प्रसारण गरिरहेका थिए । उनले अर्थतन्त्रका बारेमा बोलिरहँदा भाषण बीचैमा रोकिएको र सैनिकहरु दौडिएको दृश्य टेलिभिजनमा देखिएको बताएइको छ । 

विस्फोटक पदार्थ लोड गरिएको ड्रोनलाई लक्ष्यमा पुग्नु अगाबै सैनिकले नष्ट गरिदिएका थिए । घटनापछि राष्ट्रपति मादुरोले आफ्नो हत्या गर्ने योजनासहित आक्रमण गरिएको यस्तो कार्य निन्दनीय भएको प्रतिक्रिया दिएका छन् । 

आक्रमणको जिम्मेवारी कसैले नलिएको बताइएको छ । सन २०१३ मा ह्युगो चाभेजको मृत्युपछि भेनेजुएलाको राष्ट्रपति बनेका निकोसल मादुरो गत मे मा राष्ट्रपतिको दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.