जाजरकोट पहिरो अपडेट : आठको मृत्यु, एक अझै बेपत्ता

जाजरकोट पहिरो अपडेट : आठको मृत्यु, एक अझै बेपत्ता

एकजनाको जीवितै उद्धार 

जाजरकोट : जाजरकोट सदरमुकाम खलंगामा आइतबार बिहान गएको पहिरोमा परी मृत्यु हुनेको संख्या आठ पुगेको छ। पहिरोले पुरेका आठजनाको शव निकालिएको छ। एकजना अझैं बेपत्ता छन्। एकजनाको जीवितै उद्धार गरिएको छ।

भेरी नगरपालिका ६ गंगटियाका खड्गबहादुर लुहारको जीवितै उद्धार गरिएको छ। मृत्यु हुनेमा खड्गबहादुर लुहारकी श्रीमती २५ वर्षीया शिततला लुहार, उनका छोरीहरु ९ वर्षीया भावना परियार, ६ वर्षीया रञ्जना परियार , ३ वर्षीया मनिसा परियार,१३ वर्षीय नरेन्द्र परियार, ११ वर्षीय नवीन परियार रहेका छन्। त्यसैगरी नलगाड १ डाँडागाउँका १० वर्षीय दशरथ परियारको मृत्यु भएको छ भने सोही गाउँका ८ वर्षीय गोविन्द परिवार बेपत्ता छन्। उनको खोजी भइरहेको प्रहरीले बताएको छ।

जीवितै उद्धार गरिएका लुहारको जाजरकोट अस्पतालमा उपचार भइरहेको छ। छाती, टाउको र खुट्टामा चोट लागेका खड्गबहादुरको अवस्था गम्भीर रहेको बताइएको छ। 

बिहानैदेखि प्रहरी, सेना र स्थानीय उद्धारमा जुटिरहेका छन्। पुरिएको घर पन्छाएर खोजी कार्य भइरहेको छ। पानी परिरहेको  अप्ठेरो ठाउँ र पानी परिरहेकाले उद्धारमा कठिनाइ भइरहेको उद्धार खटिएका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक इन्दजित सुनारले बताए।

बिहान ८ बजे घटना भए लगतै प्रहरी घटनास्थलमा खटिएको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.