लाजिम्पाटमा गजल वाचन

लाजिम्पाटमा गजल वाचन

काठमाडौं : साउने झरीका बेला गजलकारका सिर्जनाले साहित्यिक माहौल तताइरहेको थियो। शनिबार आयोजित कार्यक्रम ‘शाब्दिक समारम्भ’मा बेग्लै साहित्यिक चहलपहल बन्यो। 

लाजिम्पाटस्थित डिल्लीरमण-कल्याणी स्मृति पुस्तकालयको हलमा भएको गजल विशेष कार्यक्रममा गजलकार विपीन मर्मका उत्कृष्ट गजल वाचन गरियो।

केही आस्था हुनु पर्छ, अनि केही आधार पनि

सबै ढुङ्गा सुन्दर मूर्ति कुँदिनका लागि हुन्नन्

कलात्मक तरिकाले भाव बुन्न माहिर मर्मले प्रणयशील, पारिवारिक तथा सामाजिक यथार्थता, राजनीतिक विसङ्गति, आपराधिक मनोवृत्ति लगायत भावले भरिएका गजल प्रस्तुत गरेका थिए।

हरेक दिन अन्तिम चिट्ठी लेखुँ लेखुँ लाग्छ, आमा
थाहा छैन, हिँड्ने यो ज्यान कतिखेर थाक्छ, आमा

घरपरिवारको खुसीको लागि प्राण हत्केलामा राखी नङ्ग्रा घोट्ने प्रवासी नेपालीलाई समर्पित यो गजलले दर्शकलाई भावुक बनायो। ‘मनको शल्यक्रिया’ गजल सङ्ग्रह प्रकाशित गरेका मर्मका गजल आक्षरिक लयमा बुनिएका छन्।

अर्का गजलकार ईश्वर दाहालले उस्तै गजल वाचन गरेका थिए। भावलाई कलात्मक शैलीमा उन्न सिपालु दाहालका गजलले दर्शकको मन छोएको थियो। देश, समाज, प्रेम र व्यक्तिगत जीवनमा घटित विषयको उठान दाहालले आफ्ना मिठा गजलमार्फत गरेका थिए।

कार्यक्रम हातेमालो साहित्य सङ्गम, काठमाडौँले आयोजना गरेको हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.